बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

एमसीसीकी उपाध्यक्ष फातिमा नेपाल आउँदै, अनुमाेदनका लागि ओलीसँग सम्बन्ध सुधार्दै देउवा

 १७ भाद्र २०७८, बिहीबार  

काठमाडौं। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार अर्को साता नेपाल आउने भएकी छन् । एमसीसीसँगको सम्झौता कार्यान्वयनमामा ढिलाइ भइरहेका बेला नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न उनी नेपाल  आउने भएकी  हुन् । उनको साथमा अर्का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि आउने जनाइएकाे छ ।

नेपाल भ्रमणमा रहँदा उनले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे विभिन्न पक्षहरुसँग कुराकानी गर्ने स्रोतले बताएको छ । उनले एमसीसी हेडक्वाटरमा विशेष गरी गरीबी निवारणका लागि लक्षित परियोजनाहरुको सुपरीवेक्षण गर्नेछिन्।  उपाध्यक्ष सुमारको टोली सेप्टेम्बर ९ देखि १२ सम्म नेपालमा रहनेछ ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धनका नेताहरू र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

राजनीतिक खिचातानिका कारण सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना अझै अगाडि बढ्न सकेको छैन । यसबाट अमेरिका असन्तुष्ट छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीलाई छिटो अनुमोदन गर्नुपर्ने भन्दै सत्तागठबन्धनका नेताहरूलाई कन्भिन्स गर्न खोजिरहेका छन् । उनले यसकै लागि केपी ओलीलाई विश्वासमा लिन प्रयास गरेका छन् । उनले मंगलबार कानूनमन्त्री कार्कीलाई बालकोट पठाएका थिए । कानूनमन्त्री कार्कीले ओलीसँग दुई घण्टा वार्ता गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै