बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

सुनसरीमा पहिलो पटक सीमावर्ती क्षेत्रका ईलाका कार्यालयमा प्रहरी निरीक्षक

 १७ भाद्र २०७८, बिहीबार  

नयाँ भवनबाट प्रहरीको सेवा शुरु, पहिलो पटक इन्चार्जमा प्रहरी निरीक्षक

सुनसरी। सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रमा पहिलो पटक प्रहरी निरीक्षकको कमान्डमा इलाका प्रहरी कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरिएको छ । भारतीय सीमावर्ती क्षेत्रमा पर्ने देवानगन्ज गाउँपालिकामा नव निर्मित भवनको उद्घाटन गरि प्रहरीले बुधवारबाट सेवा प्रवाह सुरु गरेको हो । कार्यालयको प्रमुख प्रहरी निरीक्षक बद्री दाहाललाई काजमा खटाइएको छ र उनी ईलाका प्रहरीको पहिलो इन्चार्ज हुन ।

सुनसरीको दक्षिणवर्ती क्षेत्रमा प्राय प्रहरी चौकीमा असईको नेतृत्वमा प्रहरी परिचालन हुने गर्दथ्यो । तर अहिले इलाका प्रहरी कार्यालय देवानगन्जमा प्रहरी निरीक्षकको कमान्डसँगै प्रहरीको थप जनशक्ति थपिएको छ । २०४७ सालमा ऐलानी जग्गामा बनेको एक तले भवन जीर्ण बन्दै गर्दा पनि प्रहरीको १२ जनाको जनशक्तिले देवानगंजसहित सीमा क्षेत्रको सुरक्षा गर्दै आएको थियो ।

तर अहिले प्रहरी निरीक्षकको कमान्डमा १२ जना थप प्रहरी गरेर अहिले २४ जना प्रहरीबाट सेवा सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताउनुभयो। प्रहरी निरीक्षकसहितको जनशक्ति थप भएसँगै सीमा क्षेत्रमा हुने चोरी तस्करी, सीमा अपराध तथा घरेलु हिंसाका घटनामा कमी आउने थापाको भनाई छ ।

‘३१ बर्षपछि सीमा क्षेत्रमा प्रहरी निरीक्षक पठाइएको हो’, थापाले भने ‘अब यो कार्यालयको कार्यक्षेत्र अधिकार र यसको दरबन्दी कायमको लागि काम बाँकी छ ।’ यो कार्यालयको सेवा प्रवाहले दक्षिण वर्ती सीमा क्षेत्रका बासिन्दालाई शान्ति सुरक्षाको महसुस र जिल्ला प्रहरी कार्यालय धाउनु पर्ने समस्या हल भएको प्रहरी उपरीक्षक थापाले बताए।

हाल यो कार्यालयलाई दुई वटा मोटरसाइकल र ४ थान साइकल समेत हस्तान्तरण गरिएको उनले बताए । ‘गाडी पुराना भएकाले थन्किएको अवस्था छ, त्यसलाई रि युज गर्न सकिन्छ वा नयाँ गाडी उपलब्ध गराउने विषयमा हामी छलफलमा छौ ।’

सीमावर्ती क्षेत्रमा प्रहरी निरीक्षक(इनिस्पेक्टर) पठाएकाले बर्जु, देवानगञ्ज सहित हरिनगर क्षेत्रका शान्ती सुरक्षा सहित उजुरी र गुनासो उतै सम्बोधन हुने र जाहेरी जाने खालका घटनाहरुको जिल्लासम्म पढाउन सहज हुने अपेक्षा गरिएको छ । प्रहरी निरीक्षक कार्यालय प्रमुख खटाईएवाट उक्त क्षेत्रको शान्ति सुरक्षाको अवस्था थप मजवुद हुनेछ भने सर्वसाधरणले पाउने प्रहरी सेवामा समेत थप सहजता आउनेछ भन्ने विश्वास लिईएको थापाको भनाई छ ।

त्यसैगरी नवआगन्तुक प्रहरी निरीक्षक बद्री दाहाललाई कार्यालयमा स्वागत गरिएको छ। कार्यालय इन्चार्ज भएर आउँदा प्रहरी र गाउँलेबीच समन्वयात्मक सम्बन्ध हुनुका साथै प्रहरी कार्यालय क्षेत्रमै शान्तिसुरक्षाको अनुभूति हुने भएको गाउँलेको बुझाइ छ।

गाउँपालिकाका अध्यक्ष लाली प्रसाद मेहताले प्रहरी निरीक्षक दाहाललाई स्वागत गर्दै, हरेक ब्यक्ति कामप्रति इमानदारीता,निश्पक्षता , कर्मठ भएर अगाडि बढाउछ तब पक्कै जिवनमा सफलता पाउछ भन्दै उज्ज्वल भबिस्यकाे कामनाका गर्नुभएको हाे ।

त्यस्तै नवआगन्तुक प्रहरी निरीक्षक दाहालले देवानगंज सहित हरिनगर, बर्जु गाउँपालिकाका जनप्रतिनिधि , समाजसेवी , शिक्षक, बुद्धिजीवी र राजनीतिक व्यक्तिहरुलाई बिशेष सहयाेग गरिदिनुहुन आग्रह गर्दै आफु ईमानदारीता पुर्बक काम गर्ने प्रतिब्द्धता ब्यक्त गर्नुभएको हाे ।

१ नं. प्रदेश सरकारको बजेटबाट नव निर्मित यो भवन निर्माणको लागि करिब २ करोड रुपैयाँ खर्च भएको छ भने स्थानीय महादेव दंतले यो भवन निर्माणको लागि १० कठा जमिन दानमा उपलब्ध गराएका हुन।कार्यालयको आन्तरिक व्यवस्थापनमा देवानगन्ज गाउँपालिकाले पनि सहयोग गरेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै