गोरु काट्दै गरेको अवस्थामा ५ जना पक्राउ
न्युज डेस्क
१७ भाद्र २०७८, बिहीबार

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका-३ ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ।
सोही नगरपालिका-३ बोजेनी बस्ने ६५ वर्षीय सन्त बहादुर वाईबा लगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार बिहान उक्त ठाउँमा २ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरी टाेलीले पक्राउ गरेकाे हाे ।
साे स्थानबाट करिब ५ सय किलो गोरुको मासु समेत प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै