सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

विद्यालय सञ्चालन गर्ने जनकपुरधाम उपमहानगरपालिकाको निर्णय

 १७ भाद्र २०७८, बिहीबार  

जनकपुरधाम। धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले बिहिवारदेखि उपमहानगरका सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

नगर शिक्षा समितिको बुधबार बसेको बैठकले सामुदायिक तथा निजी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय संचालन गर्ने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार खड्काले बताएका छन् ।

विद्यालय प्रवेश गर्नुअघि साबुन पानीले हात धुन र सेनिटाईजर लगाएर मास्कसहित मात्रै प्रवेश गराउने निर्णय समितिले गरेको छ । कक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम हुने र एउटा डेस्कमा दुई जना विद्यार्थी मात्र राख्नुपर्नेछ ।

विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ र पाठ्यक्रम विकास केन्द्रबाट जारी गरिएको पाठ्यक्रम समायोजन ढाँजा २०७७ लाई मध्यनजर राख्दै पठनपाठन गर्न र विद्यार्थीलाई गृहकार्य दिने र मूल्यांकन गर्ने गर्नुपर्ने समेत भनिएको छ ।

त्यसैगरि कक्षा संचालन भएको प्रत्येकदिन कक्षा कोठा निर्मलीकरण गर्नुपर्ने, प्राथमिक उपचारको लागि किट बकस को व्यवस्था गर्नुपर्ने र विद्यालयका प्रधानाध्यापकले विद्यालयको भाैतिक, शैक्षिक, तथा स्वास्थ्य सम्बन्धी गतिविधि बारे नियमित रुपमा पालिकालाई जानकारी गराउनु पर्ने जारी गरेको निर्णयमा उल्लेख छ। स्वास्थ्य मापदण्ड पालना गरे वा नगरेको सम्बन्धमा पालिकाबाट नियमित अनुगमन हुने अधिकृत खड्काले बताए ।

कोरोना संक्रमणबाट जोगिन भएको बन्दाबन्दीका कारण पछिल्लो १ वर्ष यता मुलुकभरकै विद्यालय बन्द रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै