बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

सुनसरीको चिमडीमा लक्ष्मी बैंकको नयाँ शाखा

 १७ भाद्र २०७८, बिहीबार  

सुनसरी। सुनसरी जिल्लाको बर्जु गाँउपालिका–६ को चिमडीमा लक्ष्मी बैंकले नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३५ औँ शाखा चिमडीमा संचालनमा ल्याएको जनाएको हो ।

यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा संजाल ४९ जिल्लामा १३५ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै