बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

प्रदेश-२ : एमाले छाड्दै ११ सांसदले गरे एकीकृत समाजवादी पार्टीमा सनाखत

 १७ भाद्र २०७८, बिहीबार  

काठमाडौं। प्रदेश नम्बर २ मा एमाले छाड्दै नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा ११ जना प्रदेशसभा सदस्यले सनाखत गराएका छन्। बिहीबार प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर उनीहरुले आफू नेकपा एकीकृत समाजवादी पार्टीमा रहने भन्दै सनाखत गराएका हुन्।

नेकपा एकीकृत समाजवादीका पक्षमा एमालेका १३ सांसदले सनाखत गराउने भनिए पनि ११ जनामात्र उपस्थित भएका हुन्।

एकजना सांसद डिल्ली उप्रेतीले भने दिल्लीमा उपचाररत रहेकाले पत्रमार्फत सनाखत गरेका हुन्। सनाखत गर्नेहरूमा सत्रुध्न महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादव छन्।

माधव पक्षका अन्य सांसद सुन्दर बहादुर विश्वकर्मा र सीता गुरुङ काठमाडौंमा रहेकाले भोलि पर्सि आएर सनाखत गर्ने प्रदेश सांसद सत्रुध्न महतोले बताए। प्रदेश २ मा नेकपा एमालेका २१ सांसद छन्। अब एमालेमा १० जना सांसद रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै