बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

धनुषा चेम्बर अफ कमर्सद्वारा महावीर युवा कमिटीका पदाधिकारीलाई सम्मान

 १७ भाद्र २०७८, बिहीबार  

धनुषा। जनकपुरधाममा श्री महावीर युवा कमिटीका नव निर्वाचित पदाधिकारीहरुलाई “धनुषा चेम्बर अफ कमर्स” संस्थाद्वारा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेका छन्।

केहिदिन अगाडि मन्दिरको हेरचाह तथा व्यवस्थापनका लागि गठन गरिएको श्री महावीर युवा कमिटीका नव निर्वाचित पदाधिकारीहरुलाई आज बिहिवार जनकपुरधाम स्थित रहेको राईन सप्लायर्सको कार्यालयमा यस संस्थाले बधाई तथा सफल कार्यकालको शुभकामना सहित सम्मान कार्यक्रम सम्पन्न गरेका छन्।

चेम्बरका उपाध्यक्ष सलामत राइनले मन्दिर लगायत विभिन्न संरचनालाई अझैं राम्रो बनाउने तर्फ सबैको सहयोग हुनुपर्ने बताउदै मन्दिरको वरपर सफा र सुन्दर राख्न, मन्दिरलाई राम्ररी व्यवस्थापन गर्नुपर्छ। उनले भने यो क्षेत्रका विभिन्न समस्याको पहिचान गरी त्यसको समाधानतर्फ मन्दिर ब्यवस्थापन समितिले भक्तजनका लागि सहज बनाउनुपर्नेमा जोड दिदै हरेक क्षेत्रको समाजप्रतिको योगदान नै समाज परिवर्तनको माध्यम भएको बताउनुभयो ।

उक्त कार्यक्रममा जनकपुर वडा न- ७ का अध्यक्ष जानकी राम साह, धनुषा चेम्बर अफ कमर्सका उपाध्यक्ष सलामत राइन, युवा नेता जानी खान, सरोज मिश्रा लगायतकाले नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै