वाग्मती, गण्डकी, प्रदेश-१ र प्रदेश-२ का ठाउँमा चट्याङ्गसहित पानी पर्ने सम्भावना
न्युज डेस्क
१८ भाद्र २०७८, शुक्रबार
आज दिउँसो वाग्मती, गण्डकी, प्रदेश नं १ र प्रदेश २ का एक÷दुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए । उनका अनुसार राति पनि वाग्मती र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । देशका अन्य ठाउँमा भने हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । अहिले लुम्बिनी प्रदेश सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा पानी परिरहेको मौसमविद् पौडेलले बताए । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा आज मौसम धुम्म रहनेछ । बेलुका पछि भने काठमाण्डौ उपत्यकामा हल्का पानी पर्न सक्ने अनुमान गरिएको छ ।
आज चार प्रदेशका एक÷दुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै