बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

बर्षौदेखि बस्दै आएको परिवारमाथि प्रहरीद्वारा उठिबासको प्रयास

 १८ भाद्र २०७८, शुक्रबार  

धनुषा। प्रदेश नं २ स्थित पर्साको स्थानीय प्रशासनले प्रहरीको बल प्रयोग गरेर वीरगञ्जको रानीघाटमा एउटा घर खाली गराई बर्षौंदेखि बसोबास गर्दै आएकाहरुलाई विचल्ली बनाएको छ ।

वीरगञ्ज-९ रानीघाटस्थित रेल्वे माध्यमिक विद्यालयभन्दा एक सय मिटर पश्चिममा रहेको १ कठा ६ धुर क्षेत्रफलमा रहेको रुक्म शमशेर राणाको घरमा तीन पुस्तादेखि बस्दै आएका कलवार परिवारलाई उठिबास लगाएको हो ।

उक्त घर जग्गा पहिले जहावर प्रसाद कलवारकी पत्नी मधुदेवी कलवारिनको नाममा खरिद गरिएको र पछि राणाको नाममा लगेर बेचविखन गरिएको परिवारले दाबी गरेका छन् ।

महानगरपालिकाले मेलमिलाप गराउने प्रक्रिया अघि बढाईरहेको बेला घर खाली गराउने अदालतको आदेश देखाउँदै प्रहरीले जबर्जस्ती गरेको गुनासो कलवार परिवारको रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै