बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

नेपाली आकाशमा किन आउदैछ्न भारतीय हेलिकप्टर

 १८ भाद्र २०७८, शुक्रबार  

काठमाडौं। लगातार तीन दिनदेखि नेपाली आकाशमा निरन्तर भारतीय हेलिकप्टर घुमिरहेको पाइएको छ । दार्चुलाका जयसिंह धामीको घटनामा छानबिन समितिले भारतीय सुरक्षा बल एसएसबीको संलग्नता रहेको प्रतिवेदन बुझाएसँगै दार्चुलाको व्यास गाउँपालिकाको आकाशमा भारतीय हलिकप्टर घुमिरहेको प्रमुख जिल्ला अधिकारी सिद्धरान जोशीले जानकारी दिएका छन् ।

साउन १५ मा भारतीय सुरक्षा बल एसएसबीले तुइनको लठ्ठा खुस्काउँदा नेपाली युवा जयसिंह धामी बेपत्ता भएका थिए । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले दार्चुला पारिपट्टि भारतको गस्कु इलाकामा खटिएका एसएसबीका अधिकारीले तुइनको लठ्ठा खुस्काउँदा ३३ वर्षीय धामी महाकालीमा खसेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ ।

गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाएसँगै भारतले दार्चुलामा अर्को ज्यादती सुरु गरेको छ । ‘पछिल्लो तीन दिनयता खलङ्गा क्षेत्रमा निरन्तर हेलिकप्टर उड्न थालेपछि हामीले सो गतिविधि रोक्न पत्राचार गरेका छौँ,’ प्रजिअ जोशीले भने, ‘बिहीबार पत्र पठायौँ, जवाफ आएको छैन ।’

तीन दिनअघि भारतीय पक्षले महाकाली नदीको किनारमा मात्र हेली उडाउने गरेको थियो । तर भारतले तीन दिनयता खलङ्गास्थित नेपाली सेनाको गुरु गोरखा गुल्म हेडक्वार्टर, सशस्त्र प्रहरी बलको दार्चुलास्थित कार्यालय र राष्ट्रिय अनुसन्धान विभागको कार्यालयलाई लक्षित गरेर हेलिकप्टर उडाइरहेको छ ।

स्थानीय प्रशासनले पिथौरागढका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर आपत्ति जनाएको छ । नेपाली सेनाको दार्चुलास्थित गुरु गोरख गुल्मले पनि जङ्गी अड्डालाई यसबारे जानकारी गराइसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै