बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

भारत र चीनमाथि आक्रमण गर्न अमेरिकाले नेपालमा एमसीसी पारित गर्न लागेको :  धमेन्द्र बास्तोला

 १८ भाद्र २०७८, शुक्रबार  

जुम्ला। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बास्तोलाले अमेरिकाले नेपालमा एमसीसी पारित गर्न लगाएर भारत र चीनलाई धुजाधुजा बनाउन नेपाललाई आधार क्षेत्रका रुपमा प्रयोग गर्न थालेका बताएका छन्। उनले एमसीसीले नेपाललाई कंगाल बनाउने बताए।

पार्टी कार्यकर्ता प्रशिक्षणका क्रममा जुम्ला पुगेका नेता बास्तोलाले पत्रकारसँगको भेटघाटमा अमेरिकाले एमसीसीमार्फत् नेपाललाई अफगानिस्तानकै मार्गमा लान खोजेको बताए। उनले भने, ‘अहिले अफगानिस्तानमा जुन प्रकारको विद्रोह छ। हिंसा छ। आतंक फैलिएको छ। अमेरिकाले नेपाललाई एमसीसीका माध्यमबाट ठीक त्यही गर्न चाहेको छ। सबै मिलेर एमसीसी लागू गर्न दिनु हुँदैन। यो नेपालको हितमा पनि छैन।’

अमेरिका एमसीसीमार्फत् नेपाललाई फिरन्ते बनाउन चाहन्छ। हत्या हिंसा, अशान्तिको बीउ रोपेर देश संकटमा पार्न खोज्दैछ,’ उनले भने, ‘एमसीसी डरलाग्दो प्रकारले नेपालमा लागू गर्न खोजिँदैछ। यो हाम्रो पार्टीको लागि स्वीकार्य हुँदैन। समग्र नेपाली जनता एमसीसीको विरुद्ध छन्।’

उनले एमसीसीका पछाडी दूर्भाग्यका संकेतहरु देखिन थालेको बताए। ‘नेपालमा विदेशीको प्रभुत्व छ। अमेरिकाको एमसीसी छ। भारत त्यसैको पछाडी दौडिएको छ। नेपाललाई आधारभूमि बनाएर छिमेकीका शक्तिशाली देशलाई टुक्राटुक्रा बनाउने रणनीति अमेरिकाको छ,’ उनले भने।

उनले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन हुनु पर्नेमा जोड दिए। शान्ति प्रक्रियामा आउँदा भएका सहमति कार्यन्वयन गरेर कैदीलाई रिहाइ गर्न माग गरे। ‘सरकारले सहमतिलाई कार्यान्वयन गर्नुपर्छ। यो सहमति गोप्य होइन। सबैलाई साक्षी राखेर गरेको सहमति भएकोले कार्यान्वयन नगरी सुख हुँदैन,’ उनको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै