बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

भारतमा घाँटी रेटेर एक नेपाली युवकको हत्या

 १९ भाद्र २०७८, शनिबार  

नेपाल- भारत सीमापारीको जयनगर बजारमा सिरहाका एक युवकको हत्या भएको छ ।

सिरहाको गोलबाजर नगरपालिका ४ निपनियाँ बस्ने ४० वर्षीय दुखरण महराको हत्या भएको अवस्थामा शव फेला परेको हो ।

सिरहा स्थित दशगजासंगै जोडिएको भारत बिहार मधुवनी जिल्ला स्थित जयनगर बजार नजिक धारिलो हतियार प्रहार गरी घाँटी रेटिएको र शरीरको विभिन्न भागमा गहिरो चोटपटक लागेको अवस्थामा शुक्रबार शव फेला परेको हो ।

महरा बिहीबार नै घरबाट पैसा लिएर मोटरसाइकल किन्न निस्केका थिए । उनका जेठो छोरा विमल महराका अनुसार घरबाट निस्किनु अघि आमासंग विवाद भएको थियो ।

युवकको शव फेला परेपछि उनको डायरीमा लेखिएको नम्वरको आधारमा नेपाली भएको पहिचान भएको हो । त्यसपछि भारतीय प्रहरीले नेपाल प्रहरीसंग समन्वय गरी घटना विषयमा जानकारी गराएका हुन् ।

उनको शव पोस्टमार्टमको लागि जयनगरकै एक सरकारी अस्पतालमा राखिएको जनाइएको छ । महराको हत्या पश्चात घर शोकमा डुबेको छ ।
उनको परिवारमा श्रीमती, ३ छोरा र एक छोरी रहेका छन् ।  टुडेपाटी

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै