बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

नेपालसँग कुनै सीमा विवाद छैन : चीन

 १९ भाद्र २०७८, शनिबार  

काठमाडौं। चीनले नेपालसँग कुनै सीमा विवाद नरहेको बताएको छ।

हुम्लाको नाम्खा क्षेत्रमा चीनसँग सीमा विवादको विषयमा छानबिन समिति बनाउने सरकारको निर्णयप्रति चीनले प्रतिक्रिया जनाउँदै नेपालसँग त्यस्तो कुनै सीमा विवाद नरहेको बताएको हाे ।

नेपालस्थित चीनियाँ राजदूतवासले शुक्रबार विज्ञप्ति जारी गर्दै यसबारेमा यसअघि नै नेपाल सरकार आफैले स्पष्ट पारिसकेको जनाएकाे छ । चिनियाँ राजदूतावासका प्रवक्ता लुअन सिउतानले भने ‘सन् १९६० को दशकमा नै नेपाल र दुई मुलुकले मैत्रीपूर्ण छलफबाट सीमा विवाद हल गरिसकेको छ ।

केही समयअघि नेपाल र चीनबीच सीमा विवाद छ भन्दै केही व्यक्तिगत शक्तिहरुले उचाल्न खोजे पनि नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर स्पष्ट पारिसकेको छ ।’

चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रहेर सीमाका मुद्दालगायत दुई मुलुकबीचको साझेदारीलाई थप बलियो तुल्याउन चाहेको समेत जनाइएको छ ।

केही वर्षदेखि चीन र नेपालले सक्रियतापूर्वक सीमा व्यवस्थापन, बन्दरगाह निर्माण, सीमापार सहायता आदानप्रदान गरेको जनाउँदै चीनले दुई मुलुकका नागरिक यसबाट लाभान्वित भइरहेको स्पष्ट पारेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै