बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

एमाले सदनमा सशक्त रूपमा प्रस्तुत हुन्छ : ईश्वर पोखरेल 

 १९ भाद्र २०७८, शनिबार  

काठमाडौं। नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाबाट संवैधानिक भूमिका निर्वाह नभएको जनाउँदै आगामी दिनमा पार्टी सदनमा कडा रूपमा प्रस्तुत हुने बताएका छन् ।

एमालेनिकट युवा संघ नेपालको टोखा नगरस्तरीय कमिटीको घोषणासभामा शुक्रबार महासचिव पोखरेलले एमालेले कारबाही सिफारिस गरिएका १४ प्रतिनिधिसभा सदस्यसमेतलाई मान्यता दिई एमाले विभाजनमा गराउने काम भएकाले यसको प्रतिरोध गरिने जनाएका हुन् ।

एमालेले यही भदौ १ गते तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई पार्टीविरोधी कार्यमा संलग्न भएको र ह्विपको पालना नगरेका कारण कारबाही गर्न संसद् सचिवालयमा पत्र पठाएको थियो ।

उक्त पत्र विचाराधीन हुँदा राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेशबमोजिम नेता नेपालको नेतृत्वमा भदौ ९ गते निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)लाई दल दर्ताको मान्यता दिएको थियो । यो विषयमा एमालेले सर्वोच्च अदालतमा रिट निवेदन पनि दिएको छ ।

महासचिव पोखरेलले एमालेले राजनीतिलाई सही बाटोमा ल्याउने जिकिर गर्दै हिजोभन्दा शक्तिशाली भएर पार्टी अगाडि बढ्दै राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय र समृद्धिको यात्रालाई निरन्तरता दिने जनाए । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै