सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

नोकरी लगाइदिन्छु भनी पैसा ठग्नेलाई राैतहटबाट एकजनालाई पक्राउ

 १९ भाद्र २०७८, शनिबार  

जनकपुरधाम। जागिर लगाइदिन्छु भन्दै रकम ठगि गर्नेलाइ प्रहरीले रौतहटको गौरबाट एकजनालाई पक्राउ गरेका छन ।

गत बैशाख २० गते यमुनामाई गाउपालिकाको वडा नम्बर १ बस्ने ४२ बर्षीय विनयराउतले गौर नगरपालिकाको वडा नम्बर ७ बस्ने २२ बर्षिय सुधिर कुमार झालाई  प्रहरीको खाली ठाउमा जागीर लगाई दिने भनी झा सहित अन्य ५ जनाबाट ७ लाख ५५ हजार ठगी गरेर फरार भएको राैतहट प्रहरीले  जनाएको छ ।

पिडितहरु जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएपछि प्रहरीले खोजतलास गरिरहेको थियो । खोजी कार्यलाई तिब्र गरिरहेका बेला बिशेष सुचनाका आधारमा लुकिछिपी बसिरहेको अबस्थामा भदौ १६ गतेका दिन यमुनामाई गाउपालिकाको वडा नम्बर १ सुकदेव चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गौर नगरपालिकाको वडा न- ८ स्थित झोलुङगेपुल नजिक बाँसघारीमा प्रलोभन र गलतफेमिमा पारी सो रकम लिएको पिडित झाले बताउनु भएको छ । पक्राउ परेका राउतलाई ठगी सम्बन्धी कसुर मुद्दा चलाई जिल्ला अदालत रौतहटबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै