सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

१९ वर्षीया छात्रा नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित

 १९ भाद्र २०७८, शनिबार  

दैलेख ।  १९ वर्षीया किशोरी स्वस्तिका महत नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित भएकी छिन्।

दैलेखको दुल्लु नगरपालिका–३ मा बस्ने महतले नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट वडा सभापतिमा निर्वाचित भएकी हुन्।

महत राजनीतिक वातावरणमै हुर्किएकी हुन्। उनका बुवा भूपेन्द्रजंग महत दैलेख कांग्रेसको उपसभापति थिए। उनको दुई वर्षअघि भारतको मुम्बईमा उपचारको क्रममा मृत्यु भएको थियो।

स्वस्तिका हेल्थ असिस्टेन्ट पढ्दै थिइन् । उनी आफू र आफ्नो परिवारलाई सम्हाल्नुपर्ने स्थिति थियो । स्वस्तिकाले पछिल्ला दुई वर्ष राजनीतिकलाई नजिकबाट बुझ्न पाइन्। नेपालगञ्ज टेक्निकल कलेजबाट एचएको पढाइ सकेलगत्तै कोरोना संक्रमण सुरु भयो। त्यसपछि उनी गाउँ फर्किइन्। उनले त्यही भूमिका निर्वाह गरिन् । स्वस्तिकाले भनिन्, ‘बुवा पार्टी उपसभापति हुनुहुन्थ्यो, राजनीतिबाट समाज परिवर्तन गर्ने लक्ष्य उहाँको थियो । बुबाको सपना पूरा गर्नका लागि स्वास्थ्यकर्मीको बाटो छोडेर राजनीतिमा होमिएकी हुँ।’उनले भनिन्, ‘मलाई विश्वास गरेर पार्टी र वडामा क्रियाशील सदस्यहरुले सर्वसम्मत वडा सभापतिमा विजयी गराउनु भएको छ । यो विश्वास र भरोसालाई मर्न दिने छैन।’ स्वस्तिका वडा सभापतिमा निर्वाचित हुँदा जति खुसी छिन्, त्यति नै जिम्मेवारीले थिचिएको महसुस गरेकी छिन।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै