असहाय परिवारलाई आर्थिक गराैँ

रौतहट। रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ७ मा बस्ने सहिद्र महतो कहार जोनडीस रोगबाट ग्रसित भएर मृगौला खराब भएकोले अल्पआयु उमेरमा निधन भएकोले परिवारको आर्थिक अवस्था कमजोर रहेको छ।
पहिला देखि रहेको धनसम्पत्ति बेचेर उपचार गराएको भए तापनि निको नभएकोले भदौ ११ गतेका दिन वहाँको अल्पयायुमा निधन भएको छ । वहाँको परिवारमा एकजना बुढी आमा पनि रोगको कारण बोल्न नसकने, उनको श्रीमती र १-१ जना नाबालक छोराछोरी रहेका छन् ।
नाबालक छोराछोरीको पढाईको लागि सहयोगी हातहरुलाई अनुरोध गर्दै छोरा र छोरीको निशुल्क शिक्षाको लागि सरोकारवालाहरुमा जोडदार माग गरेकि छिन,। उनले भने अब हाम्रो परिवारमा कमाउने कोइ नभएकोले, र हामीले अब चाहेरपनि पढाउन सक्दिन, त्यसकारण कम्तीमा सरकारले मेरो छोरा र छोरीलाई निशुल्क शिक्षा दिएर पढाइ दियो भने भोलि आउने दिनमा हाम्रो भविस्य राम्रो हुन् सक्ने बताइन्।
पारिवारिक स्थिति निकै कमजोर रहेकोले पतिको क्रिया खर्च गर्न र परिवार चलाउन धेरै कठिन स्थिति रहेको छ। आर्थिक अवस्था कमजोर रहेको हुँदा क्रिया खर्चको लागि भन्दै आर्थिक सहयोग गरिदिन सम्पुर्ण सहयोगी हातहरुमा अनुरोध गरेकि छिन्।