म एमसीसी विपक्षमा छु – देउवालाई हिम्मत छ भने जेल हालेर देखाउ : आदर्श मंडल
न्युज डेस्क
१९ भाद्र २०७८, शनिबार
जनकपुर । एमसीसी नेपालमा ल्याउनु देउवा सरकारको काम राष्ट्रघाती भएको नेकपा एकीकृत समाजवादीका भातृ संगठन अनेरास्ववियुका केन्द्रिय कमिटी सदस्य आदर्श मंडलले बताएका छन् ।
गृह मन्त्रालयदेखि जारी गरिएको पत्र अनुसार नेता मंडलले भने MCC रास्ट्रघाती योजना हो। त्यसैले म यसको बिरोध गर्छु। देउवा सरकारलाई हिम्मत छ भने जेल हालेर देखाउ समेत भनेका छ्न । एमसीसी पास गरेर देशलाई गुलाम बनाउन लागेको भन्दै त्यसको विरुद्धमा रहेकोे उनलेे बताए ।
एमसीसी आएपछि नेपालको आत्मनिर्णयको अधिकार र स्वाधिनतामाथि हमला हुनेछ। बेलायतीहरुको इष्ट इन्डीया कम्पनी भन्दा बढी खतरनाक एमसीसी रहेकोे विद्यार्थी नेता मंडलले जिकिर गरे। राष्ट्रको सार्वभौमसत्ता माथी आच आउने देखिन्छ।” विद्यार्थी नेता मंडलले विरोध गर्दै भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै