नेपाली समाज कतारको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

जनकपुरधाम। नेपाली समाज कतारले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रम सल्वारोड सफारी नजिकै रहेकोे ग्रीन रेस्टुरेन्टमा सम्पन्न भएको छ।
महासचिव हरु पुर्ण बहादुर राई र नवराज लामिछानेले सन्चालन गर्नु भएको कार्यक्रमको सभापतित्व नेपाली समाज कतारका कार्यबाहक अध्यक्ष तेज मोक्तान तामाङले गर्नु भएको थियो। जनता समाजबादी पार्टी प्रदेश बिशेश समिति सचीव एबम नेपाली समाज कतारका नवनियुक्त ईन्चार्ज मनिष यादबको प्रमुख आथित्यता रहेको थियो।
त्यस्तै जसपा प्रबिस सदस्य एबम नेपाली समाज कतारका प्रथम उपाध्यक्ष सागर अधिकारीको बिशेष आथित्यता रहेको थियो। बिशिस्ट अथिती हरुमा सस्थाका सल्लाहकारहरु धुर्ब छेत्री , पवन राई, नेपाली राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा विभिन्न आन्दोलन बाट सहादत प्राप्त गर्नु हुने सहिदहरु र अमेरिकाको बाढिमा ज्यान गुमाउनु हुने नेपाली समाज अमेरिका को सल्लाहकार न्युयोर्क बसोबास गर्दै आउनु भएका सोलुखुम्बु दुधकुन्ड निबासि आङगेलु लामा श्रीमति मिङमार शेर्पा र १९ महिने छोरा लोप्साङ लामाको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै सस्थाका उपाध्यक्ष राम्जी सुवेदीले शुभकामना मन्तव्य राख्नु भएको थियो।शुभकामना मन्तव्य पछी नेपाली समाज कतारका लागि नवनियुक्त ईन्चार्ज मनिष यादवलाई खादा तथा सम्मान पत्रले सम्मान गरिएको थियोे ।
त्यस्तै एनआरएनए एनसीसी कतार मा निर्वाचित हुनुभएका गजेन्द्र खालिङ राई, जयप्रकाश यादब , कमलेश महतोलाई खादा तथा सम्मान पत्रले सम्मान गरिएको थियो । त्यस्तै जागौ नेपाल अभियानका प्रबास संयोजक सन्तोष तिमिल्सिनालाई खादा लगायर सम्मान गरिएको थियोे।
प्रदेश नम्बर २ समन्वय परिषदमा सस्थाबाट प्रतिनिधित्व गर्नुहुने गफुर अहमत,जमिर नदाफ,प्रेम मण्डल, जयप्रकाश यादब, अलिहुसेन राईनलाई खादा लगाएर अथिती ज्युहरुले सम्मान गर्नु भएको थियो।
त्यस्तै केही समयको लागि वार्षिक बिदामा नेपाल जान लाग्नु भएको महासचिव नवराज लामिछानेलाई खादा लगाएर सम्मान गरिएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उपाध्यक्ष सन्तोष तिमिल्सिनाले नेपाली समाज कतारले सम्मान गरेको खुसी व्यक्त गर्दै यस अगाडि भएका गल्ती कमजोरीबाट पाठ सिक्दै सस्थाको हितमा एकजुट भएर काम गर्न सल्लाह दिनु भएको थियो।
उपाध्यक्ष प्रकाश आलेमगर ,कमलेश महतोले सम्मानित सबैलाई शुभकामना व्यक्त गर्नुभएको थियो। एनआरएनए एनसीसी कतारमा निर्वाचित सचिवालय सदस्य गजेन्द्र खालिङ राईले सबैलाई धन्यवाद दिदै नेपाली समाज कतारले सम्मान गरेकोमा खुसि व्यक्त गर्नु भयो।प्रदेश नम्बर २ समन्वय परिषद बाट जमिर नदाफले नेपाली समाज कतार लाई अगाडि लैजाने जिम्मा हामी सबैको रहेकोले सस्था मजबुत बनाएर छाड्ने धारणा राख्नु भयो।
सल्लाहकार धुर्ब छेत्रीले एनआरएनए एनसीसीमा निर्वाचितहरुलाई मजदुरको पक्षमा काम गर्न सल्लाह दिनुभयो।सल्लाहकार पबन राईले जसपा पार्टीलाई गाउँ गाउँमा बिस्तार गरेर जानू पर्ने धारणा राख्नु भयो।त्यस्तैगरी नेपाली समाज कतारका उपाध्यक्ष राजाराम शाहीले सम्मानित सबैलाई धन्यवाद दिदै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।
प्रबीस सदस्य एबम सस्थाका प्रथम उपाध्यक्ष सागर अधिकारीले पनि सम्मानित सबैलाई धन्यवाद दिदै जसपा पार्टी सुदृढीकरण र जनजागरण कार्यक्रम मार्फत बिस्तार हुँदै गएको र सबैजना एकजुट भएर लाग्नु पर्ने धारणा राख्नुभयो।
कार्यक्रमका प्रमुख अथिती मनिष यादवले कार्यक्रममा सस्थामा आएका गुनासोहरुलाई कार्यनयन गर्दै लैजाने र नेपाली समाज कतारलाई सहि दिशातिर लैजान सौहार्दपुर्ण भुमिका खेल्ने भन्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति एबम सस्थाका कार्यबाहक अध्यक्ष तेज मोक्तान तामाङले सबैलाई धन्यवाद दिदै पहिला भएका कमिकमजोरी कार्यनयन गर्दै जाने र आउदो दिनहरुमा संगठन लाई मजबुत गर्दै नेपाली समुदायको श्रमिकको हकहितको निम्ति बुलन्द आवाज उठाउने धारणा राख्दै कार्यक्रम समापन गर्नुभयो।
एनआरएनए एनसीसी कतारमा निर्वाचित सदस्यहरु गजेन्द्र खालिङ राई ,जयप्रकाश यादब ,कमलेश महतो,जागौ नेपाल अभियानका प्रबास संयोजक तथा नेपाली समाज कतारका उपाध्यक्ष सन्तोष तिमिल्सिना ,प्रदेश नम्बर २ समन्वय परिषद मा निर्वाचित सदस्यहरु गफुर अहमत ,जमिर नदाफ ,प्रेम मण्डल, अलि हुसेन राईन त्यस्तै वार्षिक बिदामा केही समयका लागि नेपाल जाँदै गर्नु भएको नेपाली समाज कतारका महासचिव नवराज लामिछानेको आथित्यता रहेको थियो।