बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

सिरहाका युवाले छोटो समयमै युट्युब च्यानलमा १० लाख सब्सक्राइब बनाउन सफल

 १९ भाद्र २०७८, शनिबार  

प्रदेश नं २ जिल्ला सिरहा बाट सञ्चालित Adventure Hindi YouTube Channel ले छोटो समयमै मेहेनत र लगनशीलताका साथ 1 Million Subscribers (10 Lakh) बनाउन सफल भएको छ ।

सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं ४ का एक युवक ध्रुब शर्माले Adventure Hindi YouTube Channel करिब ३ वर्ष देखी संचालन गर्दै आएको छ । हालै सिरहा जिल्ला बाट सञ्चालित यस Adventure Hindi YouTube Channel ले Gold Play Buttom ल्याउन सफल भएको छ । सिरहामा प्रथम YouTuber ले Gold Play Buttom ल्याउन सफल भएको छ ।

ध्रुब शर्माले Adventure Hindi Channel 2019, Jan 22 मा YouTube Channel बनाएको थियो । 2019 देखी सञ्चालन गर्दै आएको र २०२० Jun 26 मा Silver Play Buttom हाँसिल गरेको थियो । डेढ वर्षमे १ लाख भन्दा बढि subscriber पाउन सफल भएको थियो ।

ध्रुब शर्माले Online earning बारे ११ Class पढ्दा थाहा पाएको थियो । अनलाइन कमाउनबारे उनले धेरै खोज बिन गरेर पहिला blogging गरेको थियो । तर केहि समय पछि परिवारिक तथा आर्थिक समस्याले उनले blogging टुंग्याएको थियो।

तदापी उनले हार न मानी केहि समय पछि फेरि उनले YouTube Channel बनाए Smart Tech तर पनि आर्थिक समस्याले उनले Smart Tech channel पनि बन्द गर्नु पर्यो । उनले फेरी केहि समयको विश्राम पछि Blogging मा लागे Googlyhow.com । तर पनि यो वेबसाइट चलाउन पारिवारिक समस्याले निरन्तर समय दिनसकेन । आर्थिक समस्याले केहि समय Money Transfer मा समेत काम गरे । तर Money Transfer मा काम गर्दा राम्रो आम्दानी न हुँदा उनले money transfer पनि छाडे । उनले वैदेशिक रोजगारी तर्फ पनि प्रयास गरे तर राम्रो काम र राम्रो आम्दानी न आउन सक्ने काम भएकोले उनले वैदेशिक रोजगारकाे बाटो पनि त्यागे ।

ध्रुब शर्माले विभिन्न क्षेत्रमा हरेस खाए तर पनि भित्री मनबाट हार नमानी २०१९ मा फेरी YouTube Channel बनाएर काम गर्ने सोच बनाएँ । २०१९, २२ जनवरीमा उनले Adventure Hindi YouTube channel बनाए । उनले आफू सँग भएको पुरानो कम्प्युटरले नैं सुरुमा भिडियो बनाउँथे LED Display धेरै दिन न चलाएको कारण आधा screen मात्र राम्ररी काम गर्दा पनि पैसाकाे अभावले उनले अर्को डिस्प्ले किन्न सकिरहेको थिएन । करिब १५-२० ओटा भिडियो त्यै पुरानो कम्प्युटरले बनाए र १ लाख subscriber पुगिसके पछि उनले भिडियो राम्रो र छिटो बनाउन राम्रो कम्प्युटर सेटअप किने। उनले केहि समय आफैले भिडियो बनाए तर उनले प्राइभेट बैंकमा जागिर गर्ने मौका पाएँ पछि उनले आफ्नो भाई राजु शर्मालाई भिडीयो editing गर्न सिकाएर हाल उसको भाईले भिडियो बनाउन सहयोग गर्दै आएको छ ।

हाल ध्रुब शर्मा प्राइवेट बैंकमा जागिर गर्दै आइरहेको छ तर धेरै छिटो बैंककाे जागिर छाडेर आफू पनि YouTube Channel मा नै Full Time काम गर्ने बताएको छ । उनको सानै देखि नै एउटा कूरा भन्ने गर्थे “Be Your own boss” यस उखानको मतलब आफ्नो मालिक आफैं बनौ । आफ्नो व्यवशाय किन् न छोटो नै होस् तर यो लाखौँ गुणा राम्रो हाे अरूको निगरानीमा काम गर्नु भन्दा उनलेे भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै