बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

कोशी कटानको निरीक्षण गर्न गृहमन्त्री उदयपुरकाे बेलकामा

 १९ भाद्र २०७८, शनिबार  

अजमल अन्सारी

सुनसरी। सप्तकोशीले कटान गरी धार परिर्वतन गर्ने उच्च जोखिममा रहेको उदयपुरको वेलका नगरपालिकाको तल्लो क्षेत्रको गृहमन्त्री बालकृष्ण खाँडले अवलोकन गरेका छन् ।

केही दिनअघि आएको बाढीका कारण सप्तकोशीले उदयपुरको बेलका नगरपालिकाको टापु क्षेत्रमा तीब्र कटान गरेको थियो ।

सुनसरी र उदयपुरको सिमानामा रहेको कोशीले उदयपुरतर्फ करिब २ सय मिटर कटान गरिसकेको छ । धेरै कटान हुँदा कोशीले धार परिवर्तन गरी वेलकाको वडा नम्बर २, ३, ८ र ९ का तटीय क्षेत्रमा रहेको वस्ती डुबानमा पर्ने जोखिम थियो । त्यस क्षेत्रमा करिब ८ सय घरधुरीको बसोबास रहेको छ ।

अवलोकन पछि गृहमन्त्री खाँडले थप कटान हुन नदिन रोकथामका कामहरु गर्न निर्देशन दिएका छन् । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको विपद् व्यवस्थापन समितिलाई गम्भीर भएर काम गर्न उनले भनेका छन् ।

स्थानीय समुदायहरुमा पनि उच्च सुरक्षा सतर्कता अपनाउन उनको आग्रह छ । २०६४ सालमा पूर्वी क्षेत्रमा कटान हुँदा सुनसरीको ठूलो वस्ती नै डुवानमा परेको थियो भने लामो समय पूर्व–पश्चिम राजमार्ग नै बन्द हुन पुगेको थियो । अहिले पश्चिम क्षेत्रमा कटान शुरु गरेकाले बेलैमा सतर्क हुनुपर्ने भन्दै गृहमन्त्रीले सुरक्षाका लागि सरकारले गर्नुपर्ने सबै प्रकारका कामहरु गर्न तयार रहेको बताए ।

‘कोशीमा बाढी जुनसुकै बेला पनि आउनसक्छ, यसका लागि सचेत हुनुपर्यो’ उनले भने, ‘तत्कालका लागि के कसरी जोखिम रोक्न सकिन्छ त्यो गर्ने र दीर्घकालीन समस्याहरु कुटनीतिक तरिकाले पनि मिलाउनु पर्नेछ त्यो पनि हामी दुई देशबीच कुरा गरेर समाधान खोज्छौंँ ।’

अवलोनकनका लागि पुगेका गृहमन्त्री खाँडलाई बेलका नगरपालिकाकाले ६ बुँदे मागपत्र समेत बुझाएको छ । नगरपालिकालको कोशी कटान रोक्न तत्कालै काम थालिनु पर्ने, वडा नम्बर ६ प्रहरी चौकी स्थापना साथै बेलका नगरपालिकाल क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रस्ताव गइसकेको भन्दै स्वीकृतिका लागि अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै