समाजसेवी इन्जिनियर सद्दामद्वारा खेलाडीलाई जर्सी सहित खेलकुद सामाग्री प्रदान
गाउँपालिकाले प्रशिक्षकको व्यवस्था गर्नुपर्छ: नेता सद्दाम
सुनसरी। सुनसरीको बर्जु गाउँपालिका वडा – ५ मा खेलाडीहरुलाई नेकपा एमाले बर्जुका युवा नेता र अनेरास्ववियुका जिल्ला सदस्य तथा बर्जु संयोजक इन्जिनियर सद्दाम अन्सारीले जर्सी प्रदान गरेको छ।
वडाको स्टार युवा क्लबको खेलाडीहरुलाई जम्मा ११ थान जर्सी सहित फुटबल, पन्जा, मोजा, लगायतका खेलकुद सामाग्री प्रदान गरेका छन् ।
गाउँपालिकाको वडा-५ को स्टार युवा क्लब र टोलका युवाहरूमा फुटबल खेलप्रतिको रुचि देखेर जर्सी सहित खेलकुद सामाग्री प्रदान गरेको अन्सारीले बताउनुभयो ।
खेलाडी र युवाहरूलाई हौसला मिलोस भनेर एउटा टिमलाई फुटबल जर्सी प्रदान गरेको बताउदै अगामी दिनमा गाउँपालिका भित्र रहेका अन्य क्लबहरुलाई पनि वितरण गर्ने योजना रहेको बताए।
अन्सारीका अनुसार ११ खेलाडीलाई ११ थान जर्सी, फुटबल मोजा, प्रदान गरिएको छ । खेलाडीहरूलाई नियमित प्रशिक्षणको आवश्यकता रहेको बताउदै खेलाडीहरुलाई खेल खेल्न सिकाउनको लागि गाउँपालिकाले कोच प्रशिक्षकको व्यवस्था गर्नुपर्ने बताउनुभयो। उनले भने, गाउँपालिकाले प्रशिक्षकको व्यवस्था गरेर यहाँका खेलाडीलाई खेल खेल्न सिकाएर जिल्ला प्रदेश हुँदै राष्ट्रिय स्तर सम्म पुर्याउनु पर्नेमा जोड दिनुभयो।
अनसारीले युवाहरुलाई फुटबल सामाग्री र जर्सी प्रदान गर्न पाउँदा आफुलाइ खुसी लागेको बताउदै अगामी दिनमा पनि खेलाडीको हरेक पाइलामा मेरो साथ, समर्थन रहनेछ, चाहिने बेला आफुले सक्ने सहयोग गर्ने खेलाडीहरुलाई प्रतिबद्धता जनाउदै अबको केही दिनमा गाउँपालिका हुनगई रहेको फुटबल प्रतियोगितामा क्लबको खेलाडीलाई अग्रिम सुभकामना व्यक्त गरेको बताए।