बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

राप्रपाको भोक्राहा नरसिंह प्रथम गाउँ अधिवेसन सम्पन्न

 १९ भाद्र २०७८, शनिबार  

सुनसरी। पार्टी एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टी गाउँ अधिवेशनमा केन्द्रित भएको छ । पार्टीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रथम गाउँ अधिवेसन सनिबार सम्पन्न गरेको छ ।

महाधिवेशनमा गाउँपालिका, नगर, प्रदेश सभा क्षेत्र, संघीय क्षेत्र र जिल्ला अध्यक्षहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने भनिएकाले सोही अनुसारको समिति चयन गरेको छ । प्रत्येक प्रदेश सभा क्षेत्रीय कार्य समितिबाट ८ जना महाधिवेशन प्रतिनिधि छनोट गरिने जनाएको छ । प्रतिनिधिमा महिला, जनजाति,उत्पीडित, थारु र पिछडिएको वर्गको सहभागिता सुनिश्चित गरिएको छ ।

महाधिवेशन प्रतिनिधि बन्नको निमित्त गाउँ पालिका,नगरपालिका,उपमहानगरपालिका र महानगरपालिकामा क्रमशः ५१, १०१, २०१ र ३०१ न्युनतम सकृय सदस्य सख्या निर्धारण गरिएको छ । तोकिएको सदस्य संख्या भन्दा दुई गुणा सक्रिय सदस्यता बनाए थप एक महाधिवेशन प्रतिनिधि बन्न सक्ने समेत निति बनाइएको छ ।

पार्टीको केन्द्रिय सदस्य हसबुल मियाँले पार्टीको वैधानिक व्यवस्था, सांगठानिक अवस्था र सकृय सदस्यता अभियानबारे बोल्दै कार्यतालिका र समय सिमालाई मध्यनजर गर्दै अधिवेशन केन्द्रित हुनुपर्नेमा जोड दिएका छन । अधिवेशनलाई संगठन निर्माणमा उपयोग गर्दै बैकल्पिक शक्तिको रुपमा पार्टीलाई स्थापित गर्ने गरि काम गर्नुपर्ने आवश्यकता औल्याए । पार्टी सत्तारूढ दलको अकर्मण्यता र प्रतिपक्षी दलको प्रभाबहिन भुमिकाबाट जनतामा निराशा छाएकोले राप्रपा जनताको मन जितेर बलियो बन्नुपर्ने विचार व्यक्त गरे । मियाँले तल्लो तहसम्मको संगठन निर्माण अहिलेको प्रमुख आवश्यक्ता भएकोले संगठन सुदृढीकरण अभियानलाई महत्त्वका साथ देशब्यापी बनाउनु पर्ने विचार व्यक्त गरे । आगामी महाधिवेशनमा प्रवासबाट समेत प्रतिनिधि सहभागी हुनेछ ।

गाउँ अधिवेसनमा राप्रपा नेता गणेश प्रसाद दुलाल,गणेश गौतम, खेमराज ओझा,अबदुल बासे, कृष्ण न्यौपाने, गोपाल कोईराला, इनु अधिकारी, जिल्ला अध्यक्ष दुर्गा बहादुर बस्नेत सहितको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै