बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

दुर्गेश थापा र भिटेन वाईसिएलमा आउने

 २० भाद्र २०७८, आईतवार  

चितवन। वाइसियल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले दुर्गेश थापा र भिटेनलाई वाइसियलमा भित्र्याउने बताएका छन्। चितवनमा आयोजित वाइसिएल र अखिल (क्रान्तिकारी)को संयुक्त भेलामा दीपशिखाले यस्तो बताएका हुन्।

‘हामी दुर्गेश थापा र भिटेनलाई पनि वाइसियलमा ल्याउँछौं,’ उनले भने। वाइसियल मूलतः हिजो जनयुद्धमा बन्दुक बोकेर जनयुद्धमा होमिएका युवाहरूको शान्ति प्रक्रियापछिको दस्ता रहेकोमा परिवर्तित सन्दर्भमा आजको पछिल्लो प्रविधि प्रयोग गर्ने अत्याधुनिक युवाहरूमा पनि अब्बल दस्ता निर्माण गरिने दीपशिखाको भनाई थियो।

वाइसियल शहरका युवाहरूमाझ सबैभन्दा लोकप्रिय र पुनः मुलुकको पहिलो संगठन बनाइने उनको दाबी छ। समाजको हर क्षेत्रका उत्कृष्टहरूलाई वाइसिलमा ल्याइने उनले बताए। ‘एउटा राम्रो खेलाडी, राम्रो कलाकार, उत्कृष्ट विद्यार्थी वा समाजमा योगदान गरेका व्यक्तिलाई वाइसियल बन्न लामो समय कुरेर क्रियाशील भइरहन जरुरी हुन्न। राष्ट्रको योगदान दिने हरेक व्यक्ति वाइसियलको सदस्य हुने हक स्वतः राख्छ,’ दीपशिखाले भने।

इच्छाकामना भेलाले वाइसियल अध्यक्षमा झलक गुरुङ र अखिल (क्रान्तिकारी) अध्यक्षमा सुमित्रा प्रजाको नेतृत्वमा नयाँ टिम निर्वाचित गरेको छ। कार्यक्रममा नेपाली काँग्रेस र एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका साठी विभिन्न व्यक्तिहरूलाई माओवादी (केन्द्रका) केन्द्रीय सदस्य समेत रहेका रामप्रसाद सापकोटाले टिका र खादा लगाएर स्वागत गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै