१० बुँदे सहमति कार्यान्वयन हुँदैन भ्रम हटाउ : महासचिव पोखरेल
न्युज डेस्क
२० भाद्र २०७८, आईतवार
पार्टी एकताका लागि भएको १० बुँदे सहमति कार्यान्वयन नहुने नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बताएका छन।
अदालतले नेकपा एमालेलाई कानुनी रूपमा २०७५ जेठ २ मा फर्काए पनि जेठ २ को अवस्था यान्त्रिक ढंगले नहुने बताएका हुन्।
आइतबार मोरङको विराटचोकमा आयोजना गरेको नेकपा एमाले अगुवा कार्यकर्ता भेलामा उनले जेठ २ को कार्यान्वयन सिर्जनात्मक रूपमा हुने बताए।
उनले भने ‘२०७७ साल फागुन २३ गते सर्वोच्चको फैसलाले कानुनी रूपमा जेठ २ मा पुग्यौं, यसलाई यान्त्रिक ढंगले बुझ्न हुँदैन, २०७५ साल जेठ २ फेरि त्यही अवस्थामा जस्ताको तस्तै आउन सक्दैन, कोही कमरेड भ्रममा नपरे हुन्छ।’ उनले १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुन्छ भन्ने भ्रममा नपर्न पनि आग्रह समेत गर्नुभएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै