सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

मोदीको पुत्ला दहन गर्ने प्रदर्शनकारीलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

 २० भाद्र २०७८, आईतवार  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्ने प्रदर्शनकारीलाई कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको छ ।

मोदीको प्रतिष्ठामा आँच आउने गरी पुत्ला दहन गरेकामा गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको हो ।

दार्चुलामा नेपाली नागरिक तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनालाई लिएर नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा मित्रराष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधि नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गरिने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै