कल्याणपुरमा युवा संजाल र प्रहरीको संयुक्तरूपमा वृक्षरोपण

जनकपुरधाम। सिराहाको कल्याणपुरमा नगर युवा संजाल र सशस्त्र प्रहरी बलको संयुक्त आयोजनामा कल्याणपुरमा वृक्षरोपण गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथी पुर्व सुचना तथा सन्चार मन्त्री राजकिशोर यादवले वृक्षरोपण तथा वातावरण संरक्षण तथा सरसफाइ कार्यक्रम समुदायमा आवश्यक भएको बताउदै यस्ता कार्यक्रमले जनचेतनामा परिवर्तन ल्याउने उनको भनाइ थियो।
विशिष्ट अतिथी पुर्व उद्योग वन पर्यटन तथा वातावरण तथा राज्य मन्त्री सुरेश कुमार मण्डलले वातावरण संरक्षणको प्रमुख आधार नै वृक्षरोपण भएको बताउदै सबैले घर, आँगन लगायतका खाली जग्गामा वृक्षरोपण गरेर वातावरण सुधार कार्य गर्नुपर्नेमा उनको भनाइ थियो।
सशस्त्र प्रहरी बल कल्याणपुरका प्रहरी निरिक्षक सुरेन्द्र भण्डारीले वृक्षरोपण जैविक प्रकोप र वातावरण संरक्षणको हित राम्रो हो, यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
युवा संजाल नगरका अध्यक्ष आनन्द शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठ, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष स्वामी बाबा, नगर अध्यक्ष रामबाबू यादव लगायत नेताहरुको उपस्थिति रहेको युवा समाजसेवी मनु मण्डलले बताउनुभयो।