सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

सुनसरीमा हट्यो निषेधाज्ञा, हाटबजार र विद्यालयबारे स्थानीय तहलाई निर्णय गर्ने अधिकार

 २० भाद्र २०७८, आईतवार  

सुनसरी। लामो समयदेखि निषेधाज्ञा हुँदै आएको सुनसरीमा भोली सोमबारदेखि भने हट्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ २१ गतेदेखि असोज ४ गतेसम्मको लागि विद्यालय र हाट बजारबाहेक सबै क्षेत्रको निषेधाज्ञा हटाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलका अनुसार विद्यालय सञ्चालन र हाटबजारबारे स्थानीय तहलाई निर्णय गर्ने अधिकार दिइएको छ भने संक्रमणको अवस्था हेरेर स्थानीय तहले नै सिल गर्ने वा आवागमनमा रोक लगाउनसक्ने निर्णय डिसिएमसिले गरेको छ ।

‘हाटबजार र भौतिकरुपमा स्कुल खोल्नेबारे स्थानीय तहले निर्णय गर्ने अधिकार दिइएको छ, अब प्रशासनकोतर्फबाट निषेधाज्ञा हटेकै सरह हो,’उनले भने।

स्वास्थ्य मापदण्डलाई भने अनिवार्यरुपमा पालना गर्नुपर्ने निर्णय गरिएको छ । शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने तर नगरी नहुने अवस्था आएमा सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहेर स्थानीय तहको कार्यपालिकाबाट निर्णय गराउनुपर्नेछ ।

अनावश्यकरुपमा मानिसहरु जम्मा हुने, भिडभाड गर्ने, सभा सम्मेलन,जुलुस, जात्रा, महोत्सव, भोजलगायतमा भने रोक लगाइएको छ । चाडपर्वहरु स्वास्थ्य प्रोटोकलको पुर्णपालना गरि न्युनतम सहभागितामा सांकेतिकरुपमा मात्र मनाउन पाइनेछ ।

विगतमा प्रशासनले होटल र खाद्यान्न तथा डिपार्टमेन्ट, तरकारी पसलहरुलाई निश्चित समय तोकेर मात्र खोल्न दिइएको थियो । अब भने होटल तथा पसलहरुमा रोक नलगाइएको प्रशासनले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै