सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

लागु औषध नाईट्रोभेट टयबलेट सहित १ जना पक्राउ

 २१ भाद्र २०७८, सोमबार  

रौतहट २१ गते आइतबार।

रौतहट जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको चेकिङ टोलीले जिल्ला रौतहट यमुनामाई गाँउपालिका वडा नम्बर ५ बमनहरमा पैदल यात्रु तथा सवारी साधनहरुलाई रोकी चेकजाँच गर्ने क्रममा गौरबाट काठमाण्डौ तर्फ गईरहेको ना ७ ख १९४१ नं.को यात्रुबाहक रात्री बसलाई रोकी चेकजाँच गर्दा सोही बसमा सवार रहेका रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया मा बस्ने १९ बर्षीय सन्तोष ठाकुरलाई चेकजाँच गर्दा निजले लगाएको पाईन्टको खल्तीबाट -७ वटा पत्तामा रहेको १०२ पिस नाईट्रोभेट ट्याबलेट र १० पिस डाईजापाम एम्पुल समेत फेला परेकोले लागु औषध सहित निजलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय गौरले मिति २०७८।०५।२० गते समानित रौतहट जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको । जिल्ला प्रहरी कार्यालय गौर रौतहटले जनाएको छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै