विद्यालय शिक्षा र स्थानीय सरकार

पूर्वप्राथमिक तहदेखि कक्षा १२ सम्मलाई विद्यालय शिक्षा भन्ने बुझिन्छ। व्यक्ति, परिवार, समाज र समस्त राष्ट्रको भविष्य निर्धारण गर्ने मेरुदण्ड शिक्षा हो। विद्यालय शिक्षाको दायित्व झनै बढ्दै आएको छ।
विद्यालय शिक्षाको सञ्चालन प्रक्रिया अहिले स्थानीय सरकारको क्षेत्राधिकारभित्र पुगेको छ। यस सन्दर्भमा स्थानीय सरकारले गहन गर्ने क्षमता बढाउनुपर्ने देखिन्छ। यसमा स्थानीय जनप्रतिनिधि, अभिभावक, शिक्षक र विद्यार्थी सबैको सकारात्मक सहयोग र सहभागिता जरुरी छ।
शिक्षामा गुणात्मक परिवर्तनका लागि स्थानीय सहभागितामा गाउँ वा टोलमा विद्यालय पुस्तकालय, खेल मैदान, शौचालय, शैक्षिक सामग्री, विद्यालयको भौतिक संरचना आदि निर्माण गर्नु जरुरी छ। हाम्रो देशमा अझै पनि शिक्षामा गुणात्मक परिवर्तन हरेक स्थानीय तहमा हेरिएको देखिदैन, कहाँ जान्छ सुधार गर्नुपर्ने त्यो बजेट ?
स्थानीय तहमा दायित्व निर्वाह गर्ने क्षमता कमजोर भएमा शिक्षाको स्तर अझ खस्कन सक्छ। बालबालिकाप्रति सबै पक्ष सचेत रहनु आवश्यक छ। वर्तमान अवस्थाको सूक्ष्म विश्लेषण गर्दा भने स्थानीय निकाय त्यति सक्रिय देखिएको छैन। स्थानीय विद्यालयको विकास र जिम्मेवारीको कुरा गर्दा पहिला स्थानीय सरकार र समुदायको ठुलो भूमिका हुनुपर्छ।