भोक्राहामा उम्मेबारी दर्तामा बिभेद गरेको आरोप वडामा सभापती सहित विभिन्न पदमा मतदान हुने
सुनसरी। सुनसरीको भोक्राहा नरसिंह १ मा नेपाली काग्रेंसको वडा सम्मेलनमा उम्मेबारी दर्ता गर्ने विषयमा विवाद भएको छ ।
जिल्लाको १२४ वडा मध्ये ठाउँठाउँमा सहमतीमा समिति चयन भएको बेला भोक्राहा नरसिंह १ मा निर्वाचन अधिकृत सूर्य नारायण माझीले तटस्थ भुमिका निर्वाह नगरेको आरोप बाहिर आएको छ । भोक्राहा नरसिंह १ मा बेचन मेहता र नारायण मेहताको दुई प्यानल भएकाले १ नम्बर वडा सम्मेलनमा मतदान हुने भएको छ।
नेपाली काग्रेंसको विधान अनुसार सहमती नभए मतदानबाट पदाधिकारी चयन गर्ने व्यवस्था अनुसारको काम गरेको भोक्राहा नरसिंह १ मा निर्वाचन अधिकृत सूर्य नारायण माझीले दावी गरेका छन् ।
वडा सभापतीमा बेचन र नारायण दुवै मत मागरिहेको र मतदानको तयारी भएको तर आफुखुसी नगरेको माझीको दावी छ । नेपाली काग्रेंसका कार्यकर्ताहरुले माझीको कार्यशैली सकाश्पद र उम्मेबारी दर्तामा विभेद गरेको आरोप लगाएका छन्।
स्थानीय नेता राजेश मेहताका अनुसार केही पक्षलाई भित्रमा पस्न दिएको र एउटा गुडसंग बढी हिमछिम बढाएकाले माझीको कार्यशैली प्रति प्रश्न उठेको हो ।