सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या 

 २१ भाद्र २०७८, सोमबार  

संखुवासभा। संखुवासभा मादि नगरपालिका १ उमलिङ स्थितमा एकै घरपरिवारको छ जना मृत अबस्थामा फेला परेका छन् ।

आज बिहान पौने १० बजे उक्त स्थानमा मानिसहरु मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय चैनपुरमा जानकारी प्राप्त हुन साथ प्रहरी टोली खटि गई बुझ्दा छ जना मृत अबस्थामा फेला परेका हुन । मृत अबस्थामा फेला पर्नेहरुमा सोही स्थान की ८४ बर्षीया पार्वती कार्की, ५२ बर्षीय तेज बहादुर कार्की, ५२ बर्षीया कमला कार्की, ३२ बर्षीया रञ्जना कार्की, ११ बर्षीय दिपेन कार्की र ७ बर्षीया गोमा कार्की रहेकी छन् ।

घटनास्थल ईलाका प्रहरी कार्यालय चैनपुरबाट ५५ किलोमिटर पुर्व रहेको साथै घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरि रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै