बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

महोत्तरीबाट लागूऔषधसहित २ जना प्रहरीको फन्दामा

 २१ भाद्र २०७८, सोमबार  

महोत्तरी, भदौ २१ गते सोमबार ।
सशस्त्र प्रहरीले महोत्तरीबाट लागूऔषधसहित २ जनालाई नियन्त्रण मा लिएको छ । आइतबार साँझ सम्सी गाउँपालिका–७ चाँदनी चोकबाट उनीहरुलाई नियन्त्रण मा लिएको हो ।
पक्राउ पर्नेमा गोर्खाको बुढीगण्डकी गाउँपालिका–२ का २३ वर्षीय अजय परियार र नुवाकोटको विदुर नगरपालिका–७ का ३० वर्षीय संजय भट्ट रहेका छन् ।
चाँदनी चोकमा प्रदेश नं. ०२–०२२ प ३४७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेक जाच गर्दा कालो झोलामा अगरबत्तीभित्र लागूऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा फेला पारेको सशस्त्र प्रहरी बल ९नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिएका छन ।
पक्राउ परेका उनीहरुको साथबाट नाइट्राभेट ट्यावलेट २३७० थान, प्रामेफाजिन हाइड्रोक्लोराइड इन्जेक्सन १२१ थान, ओफिन इन्जेक्सन ११८ थान, डाइजेल्याव इन्जेक्सन १७१ थान, डाइजेपाम इन्जेक्सन ४६ थान बरामद गरेको सापकोटाले बताए ।
पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी मा जिम्मा लगाइएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै