बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

बाल अधिकार सम्बन्धी अभिमूखिकरण तालीम, विद्यालयमा बाल क्लव गठन

 २१ भाद्र २०७८, सोमबार  

सुनसरी। सिराहाको सिराहा नगरपालिका वडा न- १२ मा बाल अधिकार सम्बन्धी अभिमूखिकरण तालिम सम्पन्न भएको छ।

वडाको श्री सारस्वरनाथ माध्यमिक विद्यालयमा सोमबार मुक्ति नेपालको आयोजना, वडा कार्यालयको सहयोग र राष्ट्रिय युवा परिषद् प्रदेश युवा संजाल प्रदेश न- २ को समन्वयमा बाल अधिकार सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिति सिरहा नगरपालिका वडा न- १२ वडा अध्यक्ष शत्रुधन साहले बालबालिकाको बाच्न पाउने, अधिकार पाउने, विकास गर्न पाउने,संरक्षण पाउने, आफ्नो बारेमा गरिने निति निर्णय सामाजिक गतिविधिहरुमा सक्रिय अर्थपुर्ण सहभागीता हुन पाउने तथा विचार व्यक्त गर्न पाउने अधिकारहरुको समिश्रण रुप बाल अधिकार भएको उहाँले बताउनुभयो।

कार्यक्रमको सहजकर्ता नइम राइनले बालबालिकाले स्वयमलाई समाजको एक अभिन्न अङ्ग मानी समाज विकासका विभिन्न चरणहरुमा खास गरेर बालबालिकासँग सम्बन्धित बाल अधिकारको विषयमा सहभागी हुन आग्रह गर्नुभयो। बाल अधिकारसँगै कर्तव्य र जिम्मेवारीका बारेमा बताउदै बाल अधिकार महासन्धि, एतिहासिक पृष्ठभुमि, संवैधानिक र कानुनी व्यवस्था, बालविवाहका कारण, असर र न्यूनीकरणमा बालबालिकाको भुमिकाबारे चर्चा गर्नुभएको थियोे।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश मुक्ति नेपालको तर्फबाट कार्यक्रम अधिकृत विशेश्वर दासले गर्नुभएको थियो भन्ने
कार्यक्रमको सहजीकरण राष्ट्रिय युवा परिषद् प्रदेश युवा संजाल प्रदेश न- २ का काेषाध्यक्ष नइम राईनले गर्नुभएको थियाे ।

सम्पन्न भएको सो कार्यक्रममा सोही विद्यालयमा बाल क्लब कमिटी गठन गरेको छन्। बाल क्लब कमिटीका अध्यक्षमा ओसिम राइन,उपाध्यक्षमा सरस्वती गुप्ता, सचिवमा अकबर अली, सहसचिवमा कृष्ण मण्डल, काेषाध्यक्षमा अनुराधा कामती, सदस्यमा प्रिया यादव, शंकर साह, दिपेन्द्र महरा, अजय महरा, जय कुमार यादव, मुकेश कुमार यादव, श्रेष्ठी शार्मा, राेशन पासवान, रधिका कामती लगायतकालाई चयन गरिएको छ।

यसैगरी कमिटीका बरिस्ठ सल्लाहकारमा वडा अध्यक्ष शत्रुधन साह सुडी, प्रधानाध्यापक सनउला राइन र प्रदेश युवा संजालको काेषाध्यक्ष नइम राईनलाई चयन गरिएको छ।

विद्यालयका प्रधानअध्यापक सनउला राईनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिति सिरहा नगरपालिका वडा न- १२ वडा अध्यक्ष शत्रुधन साह, विशिष्ट अतिथि युवा संघ नेपालका केन्द्रिय सदस्य समशाद आलम रहनु भएको थियो भने स्थानीय युवा नेता भोगेन्द्र साह र समाजिक अभियनता नूर मोहम्द दफाली लगायत नेताहरुको उपस्थिति रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै