बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

रौतहटमा पत्रकार फसाउने प्रहरीविरुद्ध षड्यन्त्रकारी मुद्दा

 २२ भाद्र २०७८, मंगलवार  

रौतहटमा एक पत्रकारको मोटरसाइकल भित्र लागूऔषध राखेर फसाउन खोजेको घटनामा मुछिएका दुई जना सादा पोसाकका घुमुवा प्रहरी माथि जिल्ला प्रहरीले षड्यन्त्रकारीमा  मुद्दा चलाएको छ । गत बिहीबार जिल्ला न्यायाधिवक्ताको कार्यालयमा उनीहरूको बयान लिइंदा लागूऔषध राख्ने बेला दुवै जना प्रहरी घटनास्थलमै रहेका खुलेको थडियों । पत्रकारको मोटरसाइकलभित्र  लागूऔषध राख्ने बेला घटनास्थलमा संलग्न प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज साहविरुद्ध षड्यन्त्रकारी ऐन अन्तर्गत मुद्दा चलाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

प्रहरीको बिरोधमा एक स्थानीय रौतहट एक्सप्रेस अनलाइन न्युज पोर्टलमा समाचार आए पछि समाचार लेख्ने पत्रकारलाई सादा पोसाकका प्रहरीले फसाउन उनले चढने गरेको मोटर साईकलमा लागूऔषध राखेर नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटले रीसइवी सॉधेर निर्दोष व्यक्तिहरुलाई फसाउने कार्य गरेको घटना उदॉगो भएको छ ।

साउन ३२ गते बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागुऔषध नाइट्राभेट सहित पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले नै फसाएको भिडियो (सिसिटिभी) फुटेज सार्वजनिक भएको थियो ।

प्रहरीको ग़लत कार्यको बिरोधमा समाचार लेखेको भन्दै पत्रकार मो मोजिबुल्लाह र अर्का एक जना व्यक्ति शेख गुलाब समिम भन्ने शेख अतिउल्लाह लाई प्रहरीले साउन ३२ गते पक्राउ गरेको थियो । तर भदौं ७ गते पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धि विक्रम शाहले नेपाल पत्रकार महासंघ रौतहटका सह–सचिव सञ्जय शहनीले धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरि मोजिबुल्लाहलाई फसाएको बताएका थिए

पत्रकारलाई लागूऔषध मुद्दामा फसाइएको घटना  बाहिरिएपछि रौतहटका एसपी शाह प्रहरी प्रधान कार्यालय तानिएका छन् । उनलाई प्रधान कार्यालयको प्रशासन शाखामा तानिएको हो । त्यस पछि रौतहट प्रहरी प्रमुख बिहिन भएको छ । स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय रौतहट पठाउनका लागि प्रहरी प्रधान कार्यालयले दुई जना एसपीलाई जान भनेको भए पनि ती एसपी रौतहट आउन नमानेको समाचारस्रोतको भनाइ रहेको छ । एसपी शाह प्रधान कार्यालय तानिएपछि अहिले जिल्ला प्रहरी कार्यालय रौतहटमा डिएसपी नारायण प्रसाद चिमोरियाले निमित्त भएर प्रमुखको रुपमा चलाउदै आएका छन् ।

डिएसपी चिमोरियालाई पनि पत्रकार मोजिबुल्ला काण्डमा छानबिनको दायरामा ल्याउनुपर्ने रौतहटका पत्रकारहरुले माग गर्दै आपका छन् । नेपाल पत्रकार महासंघ रौतहट शाखाले एसपी शाह र डिएसपी चिमोरिया दुबैलाई कार्वाहीको दायरामा ल्याउन माग गरेको भएपनि डिएसपी चिमोरियामाथि कुनै पनि छानबिन नभएको पत्रकारहरुको भनाइ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै