रौतहटको मत्सरीमा डकैती
न्युज डेस्क
२२ भाद्र २०७८, मंगलवार

२२ भदौ, रौतहट ।
रौतहटको दुर्गा भगवति गाँउपालिकामा गए राति डाका समुहले लुटपाट गरेको छ ।
दुर्गा भगवति गाँउपालिका ३ मत्सरीमा डाका समुहले नगद तथा गरगहना लगायतका सामान लुटेको प्रहरीले जनाएको छ । स्थानिय सरोजानन्द झाको घरमा राति २ बजेको समयमा हतियार सहित आएका नकाबधारी समुहले लुटपाट भएको परिवारजनले जनाएको छ ।
मुखमा नकाव लगाएर आएका समुहले घरमा भएको नगद सुनचाँदी तथा अन्य सामानहरु लुटेर फरार भएको सरोजानन्द झाले बताए । डाका समुहले २० लाख भन्दा बढीको सम्पती लुटेर लगेको उनले बताए ।
घण्टौं सम्म घरमा लुटपाट गरेर डाका समुह फरार हुदाँ पनि प्रहरीले सक्रियता नदेखाएको स्थानियले आरोप लगाएका छन । घटना पश्चात जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नारायण प्रसाद चिमरिया घटनास्थल पुगेका थिए ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै