बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

भोक्राहामा एकलौटी सहमतिमा विवाद, निर्वाचन अधिकृतलाई दबाब

 २२ भाद्र २०७८, मंगलवार  

सुनसरी। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा न-४ मा नेपाली काग्रेंसको वडा सम्मेलनमा एकलौटी सहमति गरेकोले विवाद भएको छ।

वडामा एकलाैटी सहमतिको काखा तयार पारेर निर्वाचन अधिकृतलाई राती दबाब दिएर प्रमाणपत्र तयार गरेको आरोप बाहिरीएको छ।

वडामा एकलाैटी सहमतिको काखा तयार पारिएको कारण उम्मेदवारहरुले उम्मेदवारी फिर्ता नलिइ पनि केहि राजनीतिकका मसिहाहरुले निर्वाचन अधिकृतलाई दबाब दिएर राती प्रमाणपत्र तयार पारिएकोले आफुहरु असन्तुष्ट रहेकोे बताउदै यसको चर्को विरोध गरेको बताउनुभयो।

सुनसरीको विभिन्न गाउँठाँउमा सहमतीमा समिति चयन भएको बेला भोक्राहा नरसिंह ४ मा निर्वाचन अधिकृत जद्दु शाहले तटस्थ भुमिका निर्वाह नगरेको आरोप बाहिर आएको छ । नेपाली काग्रेंसका कार्यकर्ताहरुले जद्दु शाहको कार्यशैली शंकास्पद रहेको आरोप लगाएका छन्।

उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता नलिएको बताउदै निर्वाचन अधिकृतलाई दबाबको कारण आफ्नो मनमानी गरेको बताउनुभयो। उनीहरुले भने, एकलौटी सहमतिको खाका तयार गरिएको कारण आफुहरु उम्मेदवारी फिर्ता नलिएपनि निर्वाचन अधिकृतलाई केहि तत्वहरुले दवाव दिएर राती प्रमाणपत्र तयार पारिने काम भएको छ जसको हामी चर्को विरोध गर्दछाैँ र हामीहरु उक्त सहमतिको बिरोध गरिरहेको अवस्थामापनि प्रमाणपत्र वितरण गर्ने कार्यक्रम आज किन राखेको आक्रोश पोख्दै निर्वाचन अधिकृतलाई प्रमाणपत्र वितरण नगर्न अनुरोध गरेको बताउनुभयो।

एता निर्वाचन अधिकृत जद्दु शाहले आफुले कुनैपनि दबाबमा नपरेको बताउदै निर्वाचन आयोगको विधीविधान अनुसार आफुले नियमपुर्वक काम गरेको बताउदै र आफुले सर्वसहमती भएको माइनेटिङका आधारमा प्रमाणपत्र बनाएको र नियम अनुसार जुनदिन निर्वाचन हुन्छ त्यहीदिन प्रमाणपत्र दिने नियम रहेकोले आफुले जिल्ला निर्वाचन कार्यालय सुनसरीको अधिकृतसंग समन्वय गरेर रातीनै प्रमाणपत्र सोही वडाका वडा अध्यक्ष तथा नेपाली काङ्ग्रेसको आधिकारिक व्यक्ति हारुन अन्सारीलाई बुझाएको बताउनुभयो। आफुमाथि लगाएको आरोपको छानबिन गर्न सुझावपनि दिन चाहन्छु भन्ने प्रतिक्रिया दिनुभयो।

युवा नेता सेराज हुसेनले आफ्नो फेसबुक बेजमा उल्लेख गरे अनुसार पार्टीको केही व्यक्तिहरुले आफूखुसी सहमतिको खाका तयार गरिएको कारण यहाँका उम्मेदवारहरुले असन्तुष्टी जनाएका छन् ।

उम्मेदबारहरुले उम्मेदवारी फिर्ता नलिएको भएपनि निर्वाचन अधिकृतलाई दवाव दिएर राती प्रमाणपत्र तयार गरेर दुवै पक्षको प्रमाण पत्र भोक्राहा नर्सिङ ४ का निर्वाचित वडा अध्यक्ष हारुन अन्सारीले लगेको दावी गरिएको छ । हुसेनका अनुसार उक्त प्रमाणपत्र जबर्जस्ती लगेको कुराको बिरोध जनाउदछु भनिएको छ ।

प्रमाण पत्र लगेको र एकलौटी गरेको विषयमा प्रतिकृया लिन अंसारीलाई मोवाईल नम्बर ९८५२०५४२९४ सम्पर्क गर्दा फोन उठेन । वडामा देउवा र पौडेल खेमाको बीचमा पदाधिकारी चयनमा सहमती भएपनि क्षेत्रिय प्रतिनिधिमा विवाद रहेको एक सदस्यले बताएका छन् । वडामा पार्टीको दुई खेमा बिचमा लामो समयदेखी विवाद रहेको छ भने क्षेत्रीय प्रतिनिधिका लागि चुनाव गर्नुपर्ने र एकलौटी धन्दा बन्द गर्नुपर्ने माग कार्यकर्ताहरुले गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै