बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जिल्ला प्रशासन कार्यालय धनुषाका नायव सुब्बा चौधरी अख्तियारको फन्दामा

 २३ भाद्र २०७८, बुधबार  

जनकपुर। जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारी भ्रष्टाचार गरेको आरोपमा रंगेहात अख्तियारको फन्दामा परेका छन्।

सिडिओ कार्यालय धनुषाका नायव सुब्बा उमेश चौधरीले सेवाग्राहीसंग ८ हजार रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धन आयोगको कार्यालय बर्दिबासको टोलिले नियन्त्रणमा लिएका हुन्

नागरिकताको प्रतिलिपीमा उमेर सच्याइदिने प्रयोजनामा घुस लिइरहेका चौधरीलाई मंगलबार साँझ जनकपुरको क्याम्पस चोकस्थित एक होटेलबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै