घर आगन नियमित बचत तथा ऋण सहकारी संस्था लि. को १३ औँ बार्षिक साधारण सभा सम्पन्न || बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह ||

कांग्रेसको भोक्राहा नरसिंह वडाअधिवेशनमा दुई पक्षीय झडप

 २३ भाद्र २०७८, बुधबार  

सुनसरी। सुनसरीको भोक्राहा–नरसिह गाउँपालिका वडा नम्बर ३ नेपाली कांग्रेसको वडाअधिवेशनमा निर्वाचनामा दुई पक्षीय विवाद झडपमा परिणत भएको छ ।

नेपाली कांग्रेस भोक्राहा–नरसिंहका सभापती युवराज दाहालका अनुसार भोक्राहा–नरसिह ३ नं वडामा गत भदौ २१ गते क्रियाशिल सदस्यता विवादले स्थगित भएको वडाअधिवेशन आज गर्दा जवरजस्ती पेलेर जाने क्रममा भएको विवादले दुई पक्षीय झडप भएको हो ।

झडपपछि भोक्राहा–नरसिह ३ नं वडामा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरिक्षक नरेन्द्र कार्कीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी वल भोक्राहा विओपीका सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सभापति दाहालका अनुसार ३ नं वडामा पार्टी केन्द्रबाट १ सय ९३ जनाको क्रियाशिल सदस्यता स्विकृत भई आएकाले भदौ २१ गते सोही सदस्यता संख्याका आधारमा उम्मेदवारहरुले मनोनय दर्ता गरि ४ जना आरक्षण सिटबाट र्निविरोध निर्वाचित भएका थिए ।

सोही दिनको विवादका बिच पहिला जिल्लाबाट तोकिएका निर्वाचन अधिकृत रन्जित यादवले विवाद मिलाउन नसकेपछि आज पठाईएका निर्वाचन अधिकृत दिनेश यादवले एक पक्षलाई जवरजस्ती पेलेर निर्वाचन गराएपछि दुई पक्षिय झडप भएको दाहालले बताए ।

दाहालका अनुसार आज जारी निर्वाचनमा थप १३ जना नयाँ क्रियाशिल सदस्यहरुको नामावली थप गरेपछि आक्रोशित भएका उम्मेदवारले निर्वाचन अधिकृत दिनेश यादवको भुमिका निष्पक्ष नभएको भन्दै विरोध जनाएपछि विवाद झडप तर्फ गएको हो ।

दाहालले प्रहरी घेरा भित्र कफर्यु सरहको सुरक्षा परिचालन गरि गरिएको वडाअधिवेशनको निर्वाचनले लोकतान्त्रिक मुल्य मान्यताको घज्जी उडाएको बताए।

कानून मन्त्री ज्ञानेन्द्र कार्कीको संसदीय निर्वाचन क्षेत्र रहेको त्यहाँ उनकै दवावमा सदस्यता थपेर विवाद सृजना गराईएको स्थानीय कांग्रेसी नेताहरुले दावी गरेका छन। वर्णमाला अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै