बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

रासायनिक मल छिटो उपलब्ध गराउन माग गर्दै रौतहटका किसानले गरे कडा प्रदर्शन

 २४ भाद्र २०७८, बिहीबार  

 

रौतहट भदौ २३ गते।
प्रदेश २ को मुख्य आयआर्जनको माध्यम रहेको धानखेतीका लागि आवश्यक रासायनिक मल र किसानलाई अत्यावश्यक सामग्री उपलब्ध गराउन सरकारले वास्ता नगरेको भन्दै रौतहटका किसानहरुले रौतहटको सदरमुकाम गौर मा बुधबार कडा प्रदर्शन गरेका छन् । रौतहटका किसानले रोपाइँपछि धानबालीका लागि आवश्यक पर्ने युरिया, डिएपी र पोटासजस्ता रासायनिक मल र कृषि सामग्री समयमा नपाउँदा उत्पादन घटेको भन्दै आन्दोलन गरेका हुन् । यस्तो समस्या यस बर्ष मात्र न भएर हरेक बर्ष खेती गर्न को लागि रासायनिक मल र अत्यावश्यक सामग्री समयमा न पाउँदा निराश हुनुपर्ने र खेती गर्न को लगी अवस्यक् मल र सामग्री रौतहटको बजारमा अभाव भए पछि भारतीय सीमाक्षेत्रबाट ल्याउँदा समेत कानूनी झन्झटको सामना गर्नुपरेको किसानहरूको गुनासो रहेको छ । बजारमा सर्वसुलभ रुपमा कृषि मलको व्यवस्था, ट्रयाक्टरमा लाग्ने कर खारेज, कृषि बिमा, कृषि ऋणको व्यवस्था तथा किसानलाई पेन्सनको व्यवस्थाको माग गर्दै किसानहरुले प्रदर्शन गरेका छन् | किसानहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रदेशसभा सदस्य कुन्दन कुशवाहा भने, ‘किसानका समस्याका बारेमा केन्द्र र प्रदेश सरकारलाई पटकपटक अवगत गराए पनि कुनै सुनुवाइ नभएको र भन्सारको तथ्यांकले पनि हामी खाद्यान्नमा समेत अन्य मुलुकमा परनिर्भर हुन थालेको कुशवाहा ले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै