मुख्यमन्त्री आचार्यद्धारा तीजको शुभकामना
सुनसरी। नेपाली महिलाहरुको चाड हरितालिका तीजको अवसरमा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुभकामना सन्देश दिएका छन् ।
विहीबार एक सन्देश जारी गदैं नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा सौभाग्य, सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका हुन् । ‘हरितालिका तीजले समाजमा देखिएको विद्यमान महिलाविरूद्ध हुने सबै प्रकारका विभेद अन्त्य गर्दै सभ्य‚ समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्दछु,’जारी सन्देशमा भनिएको छ।
तीज पर्वले चेली–माइती‚ साथी–सङ्गी‚ परिवार एवं आफन्तजन बीचको सम्बन्धलाई प्रगाढ बनाएको बताउदै्रंं यस पर्वले समाजलाई समेत भावनात्मक एकताको सूत्रमा बाध्न मद्दत गरेको मुख्यमन्त्री आचार्यको सन्देशमा उल्लेख गरेका छ । उनले हरितालिका तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न सबैलाई आग्रह पनि गरेका छन्।
‘यो पर्व मनाउने सन्दर्भमा यदाकदा देखिने भड्किलोपन र खर्चिलोपनलाई कम गदैं यस पर्वलाई एउटा चेली माइतीको भेटघाट, समाज जोड्ने पुलको रुपमा लिई मौलिकता जर्गेना गर्न हामी सबैले भूमिका निर्वाह गर्नु पर्छ,’सन्देशमा भनिएको छ । उनले कोभिड–१९ का कारण सङ्क्रमणको जोखिम बढेकाले जनस्वास्थ्यका मापदण्ड पालन गरेर चाड मनाउन पनि अनुरोध गरेका छन् ।
नेपाली समाजमा हरितालिका तीज सांस्कृतिक र धार्मिक पर्वका रूपमा महत्वपूर्ण मानिन्छ । बिशेष गरि हिन्दु धर्मावलम्बी भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा आफ्नो र आफ्नो परिवारजनको कल्याणको लागि तृतीयाका दिन शिव–पार्वतीको र पञ्चमीका दिन सप्तऋषिको पूजा‚ उपासना गर्नाले मनोकामना पूरा हुने विश्वास रहदैं आएको छ । तीजलाई विवाहपश्चात महिलाहरू आफ्नो मातापिताको घर छोडेर कर्मघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा समेत तीज पर्वलाई लिने गरिन्छ ।