सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

राज्यको सेवा प्रवाहको अवस्था कर्मचारीकै कमजोरीले भौतारिद सेवाग्राही

 २४ भाद्र २०७८, बिहीबार  

रौतहट २४ भदौ ।
राजदेवी नगरपालिका वडा नम्बर ४ निवासी भिखारी साह  ३ दिन देखि जिल्ला प्रशासन कार्यालय गौरमा आफ्नो बुहारीको नागरिकताको प्रमाण पत्र  बनाउन भौतारिरहेको छ l तर कागजी  त्रुटिकै  कारण उनको  नागरिकता  बन्न  सकिरहेको  छैन l उनको बुहारी गीता कुमारीको जन्मदर्ता प्रमाण पत्रमा बुवाको नागरिकता नम्बर फरक लेखिएकोले उनको नागरिकता बन्न सकिरहेको छैन l उनको बुवा सत्यनारायण साहको नागरिकता नम्बर ३८३३ भए पनि गीताको जन्मदर्तामा भन्ने बुवाको नागरिकता नम्बर ३३/०३४/३५ लेखिएको छ l बिक्रम संवत २०५३ चैत्र २६ गतेका दिन तत्कालिन सरमुजवा गा बि स कार्यालयबाट बनाइएका जन्मदर्तामा तत्कालिन कर्मचारीको मानविय भूलको कारण अहिले आएर नागरिकता प्रमाण पत्र बनाउन कठिन बनेको हो l
उनि भिखारी साह बुधवार नागरिकता बनाउन दोस्रो दिन कार्यालय पुगे l उनि संग रहेका गीताको नेपालि नागरिक रहेको प्रमाण खुल्ने कागजात सहित तोकिएको ढाचामा नागरिकता प्रमाण पत्रको लागि निवेदन दिए l तर उनले पेश गरेको कागजातमा गीताको बुवाको छाया कपि रहेको तर सक्कली नागरिकता नरहेको भन्दै सो निवेदन फिर्ता गरियो l गीताको बुवा  सत्य नारायणको नागरिकता भन्ने पहिलेनै हराई सकेको ले सोहि दिन सम्पुर्ण प्रक्रिया पुर्याई नागरिकताको प्रथम प्रतिलिपि निकालियो l रोचक त् के छ भन्ने  सोहि दिन सोहि कार्यालयबाट निकालिएको नागरिकता प्रतिलिपिमा सोहि कार्यालयको कर्मचारीको भूलको कारण उनि थप झन्झटमा परे l सत्यनारायण साहको बुवाको नाम लखन साह हुनु पर्नेमा लगन साह लेखियो l अब उनलाई वार्ड कार्यालयबाट लगन साह र लखन साह भन्ने व्यक्ति एकै हो भन्ने सिफारिश ल्याउनु पर्ने भएको छ l
साथै गीताको जन्मदर्ता पनि संसोधन गराउनु पर्ने देखिएको छ l बिहिवार भिखारी साह जन्मदर्ता संसोधनको लागि बौधिमाई नगरपालिकाको सरमुजवा पुग्दा सचिवले सोमवार मात्रै केहि गर्न सक्ने जवाफ दिएको उनले सुनाए l कार्यालय खुला रहेको र सचिव पनि बिदामा नरहेको अवस्थामा बिना कारण खुलाई तत्कालै गर्न सकिने कामको लागि भाका सारियो l
माथि उल्लेखित घटना नेपालको सार्वजनिक सेवा प्रवाहमा देखिएको विकृत रुपको एउटा नमुना मात्रै हो l दैनिक कयौ यस्ता घटनाहरु नागरिकले प्रत्यक्ष सेवा लिने कार्यालयहरुमा देखिने गरिएको छ l कुनै समय कुनै कर्मचारीबाट हुन्  गएको भुल वा प्राबिधिक त्रुटिका करण सेवाग्राहीहौ बर्षौ सम्म पनि भौतारी रहनु परेको हुन्छ l जन्मदर्ता बनाउने बेला देखिनै सुरु हुने यस्ता त्रुटिहरुको कारण कयौ सर्वसाधारण सारवजनिक निकायहरुमा सेवाको लागि भौतारी रहनु परेको छ l
बुधवारनै मालपोत कार्यालय गौरमा पनि एक सेवाग्राही आफ़्न्नै नाम खोज्दै भौतारिरहेको देखियो l आफ्नै नाममा परेको फरक सम्बन्धमा उनलाई सोहि दिन थाहा भयो l उनले आफ्नो नाम खुलाउन भन्ने चाहेनन l करिब ६० बर्षीय उक्त महिलाको नागरिकता र लालपुर्जामा फरक फरक नाम लेखिएकोले उनलाई समेत दुवै नाम गरेको व्यक्ति एउटै हो भन्ने ब्योहराको पत्र सम्बन्धित  वार्डबाट लिनु पर्ने थियो l उनले कर्मचारीको भूलको कारण आफुलाई सास्ती भोग्नु परेको भन्दै गुनासो व्यक्त गरे l बदलिदो प्रविधिले आम सर्व साधारणको समस्या झनै बढाइदिएको छ l
गौर नगरपालिकामा पंजीकरण सम्बन्धि सबै काम अनलाइन गरिन्छ l मन्त्रालयले उपलब्ध गराएको सफ्टवेयरले सिमित समय समय पछि संसोधन हुन् सक्ने बिकल्प दिएको छैन l स्थानिय गौर नगरपालिका वार्ड नम्बर ४ बस्ने ओमप्रकाश साहले आफ्नो छोराको जन्मदर्ताको लागि वार्ड कार्यालयमा निवेदन दिए l उनको निवेदन अनुसार जन्मदर्ता बनाइयो l तर छोराको नाउमा  आसिक कुमार साह हुनु पर्नेमा आसिक कुमार पटेल लेखियो l अहिले उनको बिधालय भर्नामा समेत समस्या देखिएको छ l
उनको जन्मदर्ता अनलाईन प्रबिधिबाट बनेको र सो प्रविधिमा संसोधन गर्ने बिकल्प नदिएको हुदा उनलाई समस्या भएको छ l यसरि सार्वजनिक सेवा प्रवाहमा देखिएका कतिपय मानवीय त्रुटिको कारण सेवाग्राहीहरुलाई बर्षौ सम्म खेप्नु परेको सास्ती रोक्न सबैलाई जिम्मेवार बन्नु पर्ने देखिन्छ l अति भिडभाड ,कमजोर प्रबिधि,सिमित कर्मचारी र अति व्यस्तताका कारण सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरुले गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न सकिरहेका छैनन l

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै