सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

कतारमा कार्यरत नेपाली युवाहरुद्वारा जनता24 लाई क्यामेरा सहयोग

 २४ भाद्र २०७८, बिहीबार  

जनकपुरधाम। कतारमा कार्यरत नेपाली युवाहरुद्वारा जनता 24 का संचालक तनविर रेजा राइनलाई बिहीबार क्यामेरा उपलब्ध गराउनु भएको छ।

पत्रकारहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ मो. अलिहुसेन राइन, मो. मुस्तफा राइन, आलम राजा राइन, कलाम राइन, अमिरुल राइन, साबिर कवारि, इनुश मोमिन, अजाद मन्सुरीको संयुक्त बिशेष पहलमा क्यामेरा उपलब्ध गराउनु भएको हो।

जिल्लामा रहेर पत्रकारिता गरिरहने पत्रकारको क्षमता विकास र प्रोत्साहन गर्नका लागि सो क्यामेरा सहयोग गरिएको युवाहरुको कथन छ।

उनीहरुले भने, जनता24 ले जिल्लामा रहेको पीडितहरुको आवाज उठाउदै, गरिब विपन्न र आवाज बिहिनहरुको आवाजलाई सरोकारवाला समक्ष पुर्याउदै आएकोले  जनता 24 लाई अझै सक्रियताका साथ काम गर्न सजिलो होस् भन्ने उद्देश्यको साथ क्यामेरा उपलब्ध गराएको बताए।

स्थानीय तह देखि जिल्ला, प्रदेश र देशैभर लगायत अन्तर्राष्ट्रिय समाचारहरु, गतिविधिहरु, पलपलको खबर जनता र पाठक माझ पुर्याउदै आएकोले र खबर भित्रको खबर निकाल्न, खोजमुलक समाचार प्रकाशन गर्न सफल भएको, युवा साथीहरु लगायतका लेख, रचना, बिचार, कथा, जनता 24 को सम्पादकीय लेखक वास्तवमै मन छुने भएकोले मिडिया क्यामेरा सहयोग गरेको बताए।

त्यसैगरी ऊनीहरुले भने, हामीले अहिले क्यामेरा मात्रै सहयोग गरेको हुन् , मिडिया द्वारा गरिब, पीडित र आवाजबिहिनहरुको आवाजलाई बुलन्द पार्न जनता 24 ले पछाडि नहट्ने विश्वास व्यक्त गर्दै अगामी दिनमा मिडियालाई चाहिने थप सामाग्री सहयोग गर्ने बताए।

एता जनता 24 का कार्यकारी सम्पादक अजमल अन्सारीले क्यामेरा सहयोग गर्ने सम्पुर्ण सहयोगी युवा साथीहरुलाई धन्यवाद व्यक्त गर्दै जनता 24 संचालनमा आएको दुईमहिना भएको बताउदै तपाईहरुको साथ, समर्थन, स्नेह माया र सहयोगले, विशेष गरि सल्लाह र सुझावका कारण थोरै समयमा हामीले अनलाइन मिडियाको सन्दर्भमा प्रदेश न-२ मा टप रेकर्ड निकाल्न सफल भएकोले अगामी दिनमा पनि साथ सहयोगको अपेक्षा राखेको बताए।

त्यसैगरी जनता 24 का अध्यक्ष तथा संचालक तनबिर रेजा राइनले सहयोगी युवाहरुलाई धन्यवाद व्यक्त गर्दै  “सत्य, तथ्य, निष्पक्ष र सुशासन प्रति प्रतिबद्ध” नाराको साथ जनताको लागि जनता 24 लाई अगामी दिनमा पनि यसरीनै साथ समर्थन, सहयोग गर्नु हुनेछ भन्ने आशा राखेको बताए। तपाईहरुको सल्लाह र सुझाव हाम्रो लागि प्रेरणा भएकोले सधैभरि सल्लाह र सुझावको अपेक्षा गरेको बताए।

अर्को प्रसङ्गमा विदेशमा रहेको नेपाली युवा साथीहरुले जनता 24 लाई भने अब हाम्रो योजना भनेको विदेशमा रहेर एउटा संस्था खोलेर आफ्नो व्यक्तिगत रकमबाट जिल्ला तथा देशैभरमा रहेको पीडित, गरिब र असहाय भएकाहरुलाई सहयोग गर्ने लक्ष्य लिएको र शिक्षाबाट बन्चित रहेका बालबालिकालाई हाम्रो टिमको संयुक्त सहयोगबाट उनीहरुलाई पढाउने र आजको बालबालिका भोलिको भविस्यको कर्णधार भएको बताउदै जनता 24 ले नेपालमा रहेको पीडित व्यक्तिको बारेमा हामीलाई जानकारी गराउने आशा राखेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै