बिपिको राष्ट्रियता, प्रजातन्त र समाजबाद तथा मेलमिलापको नीति आवश्यक: कोइराला

देवानगंजमा नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान
सुनसरी। देवानगञ्ज गाउँपालिका वडा नम्बर ५ साहेबगञ्जमा प्रमाणपत्र बितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।
नेपाली कांग्रेसकाे १४औं वडा अधिबेशनकाे सम्मान तथा प्रमाणपत्र बितरण कार्यक्रमकाे प्रमुख अथिति नेपाली कांग्रेस सुनसरी जिल्ला सभापति राजीब काेईराला द्वारा दिप प्रजव्लन गरि र राष्ट्रियगानबाट कार्यक्रम सुभारम्भ गर्नुभएकाे थियो।
कार्यक्रममा देवानगंज गाउँपालिकामा नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमुख अतिथि राजीव काेईरालाले प्रमाणपत्र हस्तान्तरण गरि अबिर र खादा लगाएर सम्मान गरेका थिए।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजीव कोइरालाले महाधिवेशनमा नव निर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै कार्यकालको शुभकामना व्यक्त गरेको थिए । त्यसैगरी १४ अाैं महाधिवेशन मार्फत सशक्त काँग्रेस बनाउने अभियानमा लाग्न सबैलाई अनुरोध गर्दै उनलेे काँग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव भएको उल्लेख गरेको बताए। वडा,क्षेत्र र जिल्ला संगठनकाे मेरुदण्ड भएको उल्लेख गर्दै उनले सक्षम र सबल नेतृत्व चयनकाे लागि शुभकामना समेत दिए। काङ्ग्रेस ब्यक्तिगत र गुटगत स्वार्थमा लाग्दा कमजोर भएको बताउदै उनले संगठन बिधिबिधान अनुसार चल्नु पर्ने र त्यागको भावना समते राख्नु पर्ने बताए । आसन्न पार्टीको १४ औं अधिवेशनलाई एकताका अधिवेशन बनाउनु पर्ने बताउदै उनले अहिले पार्टीका अधिवेशनमा बिवाद गरिए त्यसले आउने स्थानीय तहको निर्वाचनमा ठुलो असर गर्ने बताए । त्यसकारण मिलेर सबैलाई अगाडि बढनु पर्नेमा जोड दिएको थियो। बिपिको राष्ट्रियता, प्रजातन्त र समाजबाद तथा मेलमिलापको नीति अहिलेको आवश्यक्ता रहेको बताए । उनले बिपिले काङ्ग्रेस कमजोर भएर प्रजातन्त्र समेत कमजारे हुने भनेको कुरा सही साबित भएको चर्चा गर्दा पार्टी बिपिको सिद्धान्तले चले धेरै समस्या टर्ने बताए । बिपिको सिद्धान्त अनुसार समाजमा भेदभाव, अन्याय र बिभेदलाई त्याग्नु पर्ने बताए । उनले चौधो महाधिबेशनका क्रममा जिल्लामा हुने निर्वाचनमा आफुले अन्तिम समय सम्म सहमितको प्रयास गर्ने बताए । उनले पार्टीमा पुराना नेताहरुको सम्मान र नयाँहरुलाई समेत उचित स्थान हुनु पर्ने बताए ।
कार्यक्रमको विशिष्ट अथिती नेपाली कांग्रेसकाे जिल्ला सचिब केदार भण्डारीले बिपिको बिचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । उनले २०१५ सालको पहिलो आम निर्वाचन तथा २०४६ सालको प्रजातन्त्र आउनुमा पनि बिपि कै ठुलो योगदान रहेको चर्चा गरे । उनले २०१७ सालका बिपिको निर्वाचित सरकारलाई हटाएर राजा महेन्द्रले पंचायती ब्यवस्था लागु गरे पनि बिपिको ब्यक्तित्व र बिचारलाई कदर गर्ने गरेको बताए । ‘ बिपिको बिचार, ब्यक्तित्व र सादगी बर्तमान परिवेशमा पनि सान्दर्भिक रहेको बताए।
त्यसैगरी नेपाली कांग्रेसकाे दुई नम्बर क्षेत्रको सभापति श्यामलाल मेहताज्यु , नेपाली काङ्ग्रेस देवानगंजकाे उपसभापति पंकज महताे , सुनसरी निर्वाचन क्षेत्र न -२ संघिय, प्रदेश सभापति मनिराम श्रेष्ठ , देवानगञ्ज गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहता, देवानगञ्ज गाउँपालिकाका नवनिर्वाचित सम्पुर्ण वडा सभापतिहरु, क्षेत्र प्रतिनिधि तथा नेपाली काङ्ग्रेसका पदाधिकारीहरुको उपस्थिति रहेको थियोे।
एता प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली काङ्ग्रेसका सुनसरी सभापति राजीब कोइरालाले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्। “कहि बहिष्कार त कहि हतार हतार कहि धक्का मुक्का त कहि सर्वसम्मत त कहि मतदान सबैखालको प्रजातान्त्रिक प्रक्रिया अपनाइ , नेपाली कांग्रेस सुनसरी को १२४ वटा वडाहरुको अधिवेशन आज समाप्त भएको छ। सबैमा बधाइ तथा शुभकामना।
आगामी गाउँ , नगर, उपमहानगर , प्रदेश , प्रतिनिधि सभा क्षेत्र र जिल्ला कार्य समिती को अधिवेशन को लागि सल्लाह ,सुझाव र सहयोग को अपेक्षा का साथ जय नेपाल।”
सुनसरीमा भने चाैधाैं वडा अधिवेशन फरक तरिकाले सम्पन्न गरेको छ। कतै सर्वसम्मतबाट पदाधिकारी चयन गरेको हो भने कतै निर्वाचनको मतदान बाट, त्यतिमात्र होईन दण्डभेद समेत गरेको छ। नेपाली काङ्ग्रेसमा दुइटा गुटको कारण झडप समेत भएका छन्। यसबाट कति कार्यकर्ताहरु खुशी छन् भने दुखी हुनेको पनि कमि नरहेको काङ्ग्रेसका नेताहरुले बताए ।