प्रहरीद्वारा भारतीय मोटरसाइकल सहित गाजा पक्राउ

हरिकिशोर शर्मा जिराभवानी २५ भदौ ।
पर्साको जिराभवानी गाउँ पालिका बाट प्रहरीले अबैध लागुऔशध गाजा सहित एउटा भार्तिय मोटरसाइकल पक्राउ गरेको छ । प्रहरी चौकी महादेव पटि बाट प्रहरी सहायक निरीक्षक जितन प्रसाद यादव को नेतृत्व मा गएको गस्ती टोलिले जिराभवानी गाउँ पालिका वार्ड नम्बर एक को ओरिया खोला को बाटो हुँदै हिजो बेलुका ४ बजेको समयमा नेपाल बाट भारत तर्फ गइरहेको BR 05 M 4102 नम्बर को मोटरसाइकल लोड गरिएको अन्दाजी ८ किलोग्राम अबैध गाजा पक्राउ गरेको छ । प्रहरी को नियमिय चेकिङ चलिरकै बेला तस्कर हरुले प्रहरीलाई देख्नसाथ गाजा सहित को मोटरसाइकल छोडेर भागेको ले पक्राउ गर्न नसकिएको प्रहरी चौकी महदेव पटिले जनाएको छ । पक्राउ गरिएको गाजा सहित मोटरसाइकल लाई आवश्यक कार्वाही को लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाउने तैयारी हुनुको साथै गाजा तस्कर हरुको खोजीकार्य भैइरहेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जनाएको छ ।