बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

संसद सभामै प्रतिनिधिहरुको जब ठेलमठेल भएपछि

 २५ भाद्र २०७८, शुक्रबार  

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद र मर्यादापालकहरुबीच  ठेलमठेल हुँदा प्रतिनिधि सभा संसदको एउटा टेबल भाँचिएको छ।शुक्रबार नेकपा एमालेका सांसदहरुले नाराबाजी ‍गरिरहँदा सभामुख अग्नि प्रसाद सापकोटाले संसद बैठकलाई अघि बढाएका थिए।

पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरेका सभामुख सापकोटाले दोस्रो बैठक सुरु हुनासाथ अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश टेबुल गर्न समय उपलब्ध गराएका थिए। एमाले सांसदहरुले अध्यादेश टेबुल गर्न रोस्टम जानबाट अर्थमन्त्रीलाई राेक्न खोजे।

त्यसक्रममा एमाले सांसदहरु र मर्यादापालकबीच घम्साघम्सी हुँदा सत्ता पक्षको पहिलो लहरको टेबल भाँचिएको छ। टेबुल भाँचिएपछि सत्तापक्षको पहिलो लहरमा बसेका कांग्रेस सांसदहरु पछाडिको लहरमा गएका थिए।

अवरोधका बीच जनार्दन शर्मा भने बेलको पछाडिबाट घुमेर रोस्टममा पुगेर आर्थिक अध्यादेश टेबुल गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै