बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

आईटी आर्मीले एमसीसी सम्झौता खारेजीको माग गर्दै रौतहटको चन्द्रपुरमा प्रदर्शन

 २५ भाद्र २०७८, शुक्रबार  

रौतहट भदौ २५ गते शुक्रबार।

आईटी आर्मीले एमसीसी सम्झौता खारेजीको माग गर्दै रौतहटको चन्द्रपुरमा प्रदर्शन गरेका छन् ।
शुक्रबार मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको भन्दै कुनै पनि हालतमा संसदबाट पास गर्न नहुने भन्दै नाराबाजीसहित आईटी आर्मीले विशाल प्रदर्शन गरेका छन् ।

आईटी आर्मीको जिल्ला संयोजक नरेश साह तुरहाको नेतृत्वमा चन्द्रपुर नगर कमिटीले पूर्व-पश्चिम राजमार्गमा युवाहरुले नाराबाजी गरेका हुन् । ‘देश बेच्न पाईदैन एमसीसी चाहिदैन, राष्ट्रिय स्वाधीनताको रक्षा गर राष्ट्रघाती एमसीसी फिर्ता गर, राष्ट्रिय एकता जिन्दाबाद राष्ट्रघाती एमसीसी मुर्दाबाद, स्वतन्त्रता हनन गर्न पाईदैन कठपुतली सरकार चाहिदैन, गो ब्याक एमसीसी, रेजेक्ट एमसीसी’ लगायत विभिन्न नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् ।
मुलुकमा अस्थिरता पैदा गरी द्वन्द्वको अखाडा बनाउने उद्देश्यका साथ विदेशी हितमा एमसीसी सम्झौता भएको र सत्ताधारी गठबन्धन र कठपुतली सरकारले सदनबाट पास गर्न खोजेकोले खबरदारी गर्न प्रदर्शन गरेको आईटी आर्मीको जिल्ला संयोकज नरेश साह तुरहाले बताए । राष्ट्रिय हित विपरित सम्झौता सदनबाट पास गर्न दुस्साहस भएको खण्डमा देशमा अझ सशक्त आन्दोलन हुने उनीहरुको चेतावनी रहेको छ ।

आजै आईटी आर्मीको चन्द्रपुर नगर कमिटीको प्रथम भेला भई झरना आचार्यको नेतृत्वमा नगर कमिटी गठन चयन गरिएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै