बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

राष्ट्रिय जनगणना २०७८ कार्तिक २५ गतेदेखि मंसिर ९ गते सम्म

 २५ भाद्र २०७८, शुक्रबार  

रौतहट । राष्ट्रिय जनगणना २०७८ को पुन: कार्यतालिका स्वीकृत गरेको छ । आज शुक्रवार जिल्ला जनगणना कार्यालय रौतहटले पत्रकार सम्मेलन गरि जानकरी गराएको छ । गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको थियो ।

रौतहट प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको अध्यक्षतामा भएको पत्रकार सम्मेलन रौतहटको जिल्ला जनगणना अधिकारी देवनाथ यादवले, जनगणनाको मूल गणना कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने बताउनु भएको छ । केन्द्रीय तथ्यांक विभागको कार्यतालिका अनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सुचीकरणको काम गर्ने अधिकारी यादवले जानकारी गराउदै, गणक भर्ना गरी कार्तिक १३ देखि १६ गतेसम्म तालिम दिने तथा उनीहरुको तालिमपछि मूल गणना कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म पत्रकार सम्मेलनमा बताएका छन् ।

राष्ट्रिय जनगणना रौतहट जिल्लाको ५ स्थानीय तहमा राष्ट्रिय जनगणना २०७८ को सफल बनाउने उदेश्यले स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । नेपालको १२ आंै तथा संघीय राज्यको पहिलो हुन् लागेको राष्ट्रिय जनगणना २०७८ को अभियान सफल बनाउन तथा जनगणनाबाट कोहि छुट्न नपाओस भन्ने लक्ष्यले स्थानीय जनगणना कार्यलय स्थापना गरि कार्य शुरु गरिएको छ ।

मेरो गणना, मेरो सहभागिता भन्ने मूल नाराका साथ हुन् गैरहेको राष्ट्रिय जनगणनाको लागि गौर नगरपालिकाको गौर , बौधीमाइ नगरपालिका , कटहरिया नगरपालिकाको कटहरिया , गरुडा नगरपालिकाको गरुडा र चन्द्रपुर नगरपालिकाको चन्द्रपुरमा स्थानीय प्रमुखको उपस्थतिमा कार्यालय स्थापना गरिएको अधिकारी यादवले जनाएको छ ।

गौरमा स्थापना गरिएको कार्यालयबाट गौर नगरपालिका , इशनाथ नगरपालिका, राजदेवी नगरपालिका , दुर्गा भगवती गाउपालिका , यमुनामाइ गाउपालिका ,चन्द्रपुरमा स्थापना भएको जनगणना कार्यालयबाट चन्द्रपुर नगरपालिका, गुजरा नगरपालिका , वृन्दावन नगरपालिकाको तथ्यांक संकलन गरिने छन् ।बौधीमाइ नगरपालिकामा स्थापना भएको कार्यालयबाट बौधीमाइ नगरपालिका, मौलापुर नगरपालिका,परोहा नगरपालिका , राजपुर नगरपालिका , कटहरिया नगरपालिकाको कटहरियामा स्थापना गरिएको कार्यालयबाट कटहरिया नगरपालिका , फतुवा विजयपुर नगरपालिका ,देवाही गोनाही नगरपालिकाको गणना गरिने अधिकारी यादवले जनाए 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै