बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

एमालेका नेता पुष्कर पोखरेलको झाक्रीलाई कडा चुनाैती

 २६ भाद्र २०७८, शनिबार  

सुनसरी। नेकपा एमाले सुनसरी जिल्लाका सदस्य पुष्कर पोखरेलले नेकपा एसकि नेत्र रामकुमारी झाक्रीलाई कडा
चुनाैती दिएका छन्।

पोखरेलले सामाजिक संजालमा आफ्नो निर्वाचन क्षेत्र सुनसरीमा आफूसँग निर्वाचनमा उठ्न र जितेर देखाउन नेकपा एसकि नेत्र रामकुमारी झाक्रीलाई चुनाैती दिएका छन्।

नेता पोखरेलले हाम्रो आवाजसँग कुरा गर्दै, नेकपा हुँदा देखि हाल एमालेमा रहेसम्म विवादमा सक्रिय भएर पछिल्लो समय झाक्रीले श्री ५ बडामहारानी बन्न खोजेको नेता पोखरेलको आरोप छ। ‘यदि तपाईँ श्री ५ बडामहारानी बन्न चाहनुभएको हो भने भन्न चाहन्छु, झाक्री आँखा नचम्काउनुहोस् , हात लम्ब्याउनुहोस् , उनले भने, ‘हिम्मत छ भने सुनसरीमा चुनाव लड्न आउनुहोस् । रामकुमारी झाक्रीसँगै चुनाव लड्न आफू तयार भएको बताएका हुन्।

अरूतिर औंला ठड्याउनु र सामाजिक सञ्जालमा लाईक, नकारात्मक टिप्पणी आर्जन गर्दा आफूलाई खुब महान नैतिकवान महसुश गर्नुहुन्छ हाेला भ्रममा नपर्नुस् । झाक्रीले चुप्पे टाेपी लागाएर नाँचिरहनु भएकाे छ । सांसद तलबमा सायद नेटकाे पनि खर्च पाउछ। आफ्नाे अनुहार कहिल्यै ऐनामा हेर्नुभा’छ ? जनताको करबाट तपाईंकाे घरमा मात्रै झन्डै २ लाख रूपैयाँ भित्रिन्छ, तपाईंकाे मासिक तलब, बैठक भत्ता, तपाईंकाे पीए आफ्नै बहिनी, घर भाडा, तपाईंकाे जत्तिकै याेगदान धेरैकाे छ, के तिनीहरूकाे सेवा सुविधा तपाईंले जति पाएका छन् ? खुला बहसका लागि तयार रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै