सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

मधेशका सपुतहरुलाई सम्झिदै प्रदेश-२ बासी

 २६ भाद्र २०७८, शनिबार  

जनकपुरधाम। धनुषाको जनकपुरधाममा मधेशका सपुतहरुलाई सम्झिदै प्रदेश २ बासीले एक कार्यक्रमको आयोजना गरेर उनीहरुको सम्झनामा दिप प्रज्वलन गरि तस्बिरमा मालाअर्पण गरेका छन्।

मधेश आन्दोलन २०७२ भदौ २५ गतेका दिन मधेशको हक अधिकार सुनिश्चित गराउन “चलु जनकपुर भरु जनकपुर” कार्यक्रमका दिन मधेशका विर सहिद संजय चौधरी, निकु यादव र दिलिप यादवले मधेशका लागि आफ्नो बलिदान दिएका थिए।

प्रदेश २ को राजधानी जनकपुरधाममा शुक्रबार बेलुका एक कार्यक्रमको आयोजना गरि “विर सहिद अमर रहे, जय मधेश, जय सहिद” भन्ने नाराका साथ ती मधेशका सपुतहरुलाई सम्झिदै उहाँहरुको सम्झनामा दिप प्रज्वलन गरि तस्बिरमा श्रद्धाञ्जलि अर्पण गरेका छन्।

जनकपुर उपमहानगरपालिका वडा- ७ का अध्यक्ष जानकी राम साहले भने सहिदको सपना साकार पार्न हामी अन्तिम सम्म लड्ने भएको बताउदै आफ्नो हक-अधिकार र स्वाभिमान को लागि सहादत प्राप्त गरेका सम्पुर्ण वीर मधेशी सपुत लाई हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको बताए।

उनीहरुले भने मधेशका लागि बलिदान भएका वीरहरुले तमाम आपसी मतभिन्नताको बाबजूद सँगठीत भए, आफ्नो हकहितका लागि जीवनको अन्तिम समयसम्म लडेका थिए तर, उनीहरुले भने अहिले यहाँका केहि स्वार्थी नेताले विभिन्न दलहरुको चाकरी बजाई रहेका मधेशी गुलामहरु आफ्ना मालिकको पैतालाको मोजा निकाल्दै रहेका छन्, खुट्टा पखालेर चरणामृत पीउँनमैं तल्लीन रहेका छन् , उनीहरुको मानसिकता आफ्ना मालिक हरुको नुनको सोझो चिताउने रहेको देखिन्छ, जबकी उनका मालिकहरु पनि मधेश कै नुन खाई रहेका छन् । यीनी मधेसीहरु नै हुन कूल नाश गर्न सघाउने कलँकीत बिभीषणहरु जसलाई रोक्न आवश्यक रहेको देखिन्छ।

“चलु जनकपुर भरु जनकपुर” कार्यक्रमको दौरान आजकै दिन गाउँ–गाउँबाट आएका हजारौंको व्यक्तिले सुरक्षा घेरा तोडेर प्रदर्शन गरेका थिए । आन्दोलन र प्रदर्शनको क्रममा निकु यादव,दिलीप यादव र संजय चौधरी सहिद हुनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै